चलचित्र सायाबुङ्ले पाए, युनिर्भसल सर्टिफिकेट

wwwjerungfilmswwwjerungfilms 16 Nov 2018

 

जेरुङ फिल्मस संवाददाता,३०,कात्तिक, काठमाडौं । किराँत सँस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पाएको छ । दि पाल्म ग्रुप प्रा। ली। को ब्यानरमा निर्मित चलचित्रलाई साया राईले निर्माण गरेका हुन् । मौलिक कलासँस्कृतिमा आधारित यो चलचित्र उत्कृष्ट भएको ठहर गर्दै नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान हुन् । गत मङ्गलवार समितिले सर्टिफिकेट प्रदान गरेकोहो ।

यो चलचित्रको कथा लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । पूर्वीय नेपालको भुभागमा अवस्थित किरात समुदाय अन्तर्गत पर्ने राई जातिको भाषा,धर्म,सस्कार र सस्कृतिको अलावा उच्चपहाडी भेगमा बसोवास गरी गोठाले जीवन बिताई रहेको एउटा टुहुरो लिम्बु केटा’मिराक’र गोठ मालिकको छोरी’सुम्निमा’बिचको अन्तर जातिय प्रेम सम्बन्धलाई चलचित्रमा पर्दापण गरिएको छ।

सानै उमेरमा आफ्नो अविभावक गुमाउनुको पिडा अर्काको गोठमा गोठालो बस्नुको बाध्यता र गोठालो बसेर काम गर्दै जाने क्रममा गोठ मालिक’बाङा’को भतिजी छोरी ‘सुम्निमा’ सँग कसरी प्रेम बस्छ र बिच बिचमा आउने आरोह अवरोहलाई मिराकले कसरी सामना गर्छ रु भन्ने कुरालाई चलचित्रमा हुबहु प्रस्तुत गरिएकोछ।

वाल्यकालमासँगै हुर्किएका ‘मिराक’र ‘सुम्निमा’बिचको मित्रतता आत्मियता र साथीत्वको महान सम्बन्ध कसरी प्रेमा सम्बन्धमा परीणत हुन पुग्छ रु भन्ने कुरा यो चलचित्रले देखाउन खोजिएको छ । दि पाल्म ग्रुप प्रा। ली। को ब्यानरमा निर्मित चलचित्र सायाबुङ्गमा सफेद चरण अर्थात ह्वाईट फेस, को पनि सहकार्यतासँगै महत्वपूर्ण भूमिका रहेको निर्मात्री साया राईले बताइन् ।

साथै यो सफेद चरण संस्थासँग हातेमालो गर्दै स्वास्थ्य क्षेत्रमा थुप्रै सामाजिक कार्य समेत गर्दै आएको राईले खुलाइन् । सबैको साथ सहयोग र दर्शकको मायाले गर्दा नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोमा साह्रै खुशी लागेको राईले बताइन् । यो चलचित्रमा सौजन सुब्बा,साया राई,सगुन सुसारा, निशा राई र राहुल बोगि राई लगायतका कलाकारको मुख्य अभिनय रहेकोछ।

चलचित्रमा गायक दीपक लिम्बु, गायिका रजिना रिमाल, दिपा लामा र उदय नेम्बाङ्गको स्वर रहेकोछ भने,भागीराज राई र उदय नेम्बाङ्गको शब्द रहेको छ । भक्त्त सुनुवार र उदय नेम्बाङ्गको सङ्गित रहेकोछ।

धनु ज्ञाङ्मि मगरको पार्श्व संगीत,देवजङ्ग थापाको छायाङ्कन र् शौखिन तिम्लसिनाको सम्पादन रहेको चलचित्र सायाबुङ्लाई नेपाल सरकार केन्द्रीय चलचित्र जांचपास समितिले सबैवर्गको र्दशकहरुले हेर्न मिल्ने भएकाले युनीर्भसल सर्टिफिकेट प्रदान गरिएको बाताएकोछ । यो चलचित्रलाई पाँचथर जिल्लाको बिभिन्न रमणिय स्थल् तथा भारत ईन्डियाको भिविन्न ठाउँहरुमा छायाङ्कन गरियको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...