ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो ःइरान

wwwjerungfilmswwwjerungfilms 4 Nov 2018

 

तेहरान, १७ कात्तिक एएफपी ः अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको छ । खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् ।

अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ । अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताउनुभयो । इरान र अमेरिकाबीचको विवाद ४० बर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले भन्नुभयो ।

उहाँले थप्नुभयो, “ विगत ४० बर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ । अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि इरानमाथि विभिन्न बिषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभाबशाली राष्ट्रहरू खुशी छैनन् ।

इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ । नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाएल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...