कवि पौडेलको ‘उनी उर्मिला’ महाकाव्य सार्वजनिक

wwwjerungfilmswwwjerungfilms 3 Nov 2018

 

जेरुङ फिल्मस संवाददाता,१७–कात्तिक–काठमाण्डौं । स् साहित्यकार बाजुराम पौडेलको महाकाव्य ‘उनी उर्मिला’ सार्वजनिक भएको छ ।

सुरभी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको महाकाव्यमा १४ सर्ग छन् । ६६ वटा वार्णिक छन्दको प्रयोग गरिएको महाकाव्यमा साहित्यकारकी जीवन सङ्गिनी उर्मिलाका जीवनका घटनाको प्रस्तुति छ ।

महाकाव्यमा सामाजिक यथार्थवादी कथावस्तुलाई विभिन्न रस, अलङ्कारले सजीव बनाइएको छ । प्रतिष्ठानले आज आयोजना गरेको ९८औँ आख्यान वाचन कार्यक्रममा महाकाव्य लोकार्पण गर्नुहुँदै प्रा डा ऋषिराम पोखरेलले छन्दमा लेखिएका कृतिको अभाव भोगिरहेको नेपाली साहित्यलाई कवि पौडेलले गुण लगाउनुभएको बताउनुभयो ।

वरिष्ठ पत्रकार विजय चालिसेले सामाजिक चेतनाका लागि कवि आफैँले गर्नुभएको विद्रोहको वर्णन महाकाव्यमा रहेको सुनाउनुभयो । कार्यक्रममा साहित्यकारहरु नरेन्द्रराज पौडेल, गङ्गा पौडेल, नेपाली उपन्यास सङ्घका अध्यक्ष शङ्कर भारती, महाकाव्यकार पौडेललगायत वक्ताले एउटी नारीले जीवनमा भोग्नुपर्ने विविध पक्षलाई जीवन्त रुपमा उतारिएको बताउनुभयो ।

कवि पौडेलका यसअघि ‘शान्ताश्री’ र ‘जियालो’ गरी दुई महाकाव्य, ‘भञ्ज्याङ र चौतारी’ आत्मवृत्तान्त, ‘शीतस्वर्णा’ र ‘बाजुरामका कविताहरु’ गरी दुई कविता संग्रह, ‘सिर्जना फस्टाउनुपर्छ’ खण्डकाव्य, सम्पादित कृति सुरभी स्रष्टा परिचय गरी आठ वटा कृति प्रकाशित भइसकेका छन् ।

पञ्चचामर, पङ्क्ति, स्रग्वरी, अनुष्टुप्, प्रिया, भुजङ्गप्रयात, शादूलविक्रीडित, रथोद्धता, स्वागता, मन्दाक्रान्ता, स्रग्विणी, युवती, चुडामणि, द्रुतविलम्बित, मालिनी, सृष्टि, विभूति, दोधक, तूणक, दिक्पाल, शिखरिणीलगायत छन्दमा लेखिएको महाकाव्यमा २४६ पृष्ठ छ । पुस्तकको मूल्य रु ३०० तोकिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...