गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ९ जनाको मृत्यु

wwwjerungfilmswwwjerungfilms 13 Oct 2018

२७,असोज–काठमाण्डौं । ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भएको छ । राती अचनाक बेसक्याममा हिमपहिरोमा परि मृत्यू भएको हो ।

मृत्यु हुनेमा ५ दक्षिण कारियाली नागरिक र ४ जना नेपाली रहेका छन् । प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट सो हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा २५ गते राति सो घटना हुन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले घटनास्थल विकट ठाउँमा भएकाले उद्धार कार्य प्रभावित भएको जानकारी दिँदै सो स्थानसम्म पुग्नका लागि पहल भइरहेको बताए ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ जानकारीमा आएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...