मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतनामुखी कार्यक्रम सम्पन्न

wwwjerungfilmswwwjerungfilms 11 Oct 2018

जेरुङ फिल्मस संवाददाता,२५,असोज–नुवाकोट । विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठन अर्थात ह्वाइट फेज सफेद चरणले सोम्बार नुवाकोटमा वृहत रुपमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

नुवकोटको रानीपौवा स्थित भवानी उच्च माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा करिब विद्यार्थी शिक्षक र अभिवाक तथा कलाकार गरि पाँच सयको हाराहारीमा सहभागीता देखिए ।

कार्यक्रममा सफेद चरणले विद्ययालयलाई महत्वपूर्ण शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठनका प्रमुख सिइओ विकास तामाङले नुवाकोट जिल्लामा

अधिकांश चेलीवेटी वेचविखन तथा मानव तस्कर एव बलात्कारका घटना बढी हुने भएका कारण जनचेतना वृद्धि गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बतउनु भयो ।

साथै तामाङले विभिन्न प्रलोभनमा देखाइ मानव वेचविखन तथा बलात्कार जस्ता जघन्य अपराध हुनबाट बच्न अनि बचाउन सबैलाई आग्रह समेत गरे । विश्व मानव अधिकार तथा अपराध नियन्त्रण संगठन अर्थात वाइट फेज सफेद चरणले

केही महिला हिंसा, बलात्कार, मानव वेचविखन तथा अवैध कार्य नियन्त्रणका साथै विभिन्न विपन्न परिवार एवम् अशक्त ब्यक्तिहरुलाई आर्थिक तथा सामाजिक सहयोग जुटाउदै आएको जानकारी गराएका थिए ।

त्यसैगरी कार्यक्रममा साफेद चरण अर्थात ह्वाइट फेज का हेल्थ कोअर्डिनेटर पदम लिम्बु पावलले समाजकमा देखिएका विद्यमान विकृती र विसंगतिलाई नियन्त्रण गर्न सबै शिक्षित हुनु पर्ने र यस कार्यमा सबैको चासो बढनु पर्ने बताए । समाजमा हुने बलात्कार तथा हिंसालाई जरैबाट निर्मुल पार्न सबैले पहल गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पदम लिम्बु पावलले विहानको औषधी र बेलुकाको औषधी खान नसक्ने असहायहरुको लागि सफेद चरण अर्थात वाइट फेजले सहयोगी गर्दै आएको बताउनु भयो ।

चेलीवेटी वेचविखन तथा मानवओसार पसारमा आफुहरुले सक्रिय भुमीका निर्वाह गर्दै आएको बताउदै पावलले ठुलो आश्वासन दिएर चेलिवेटी वेच्न लादै गरेको अवास्थामा ११ जना युवतीको उद्धार गरेको समेत बताए ।

नेपाल सरकार र प्रहरीले गर्ने काम आफुहरुले गर्दै आएकोले यसमा सबैले सहयोग गर्नु पर्ने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्य श्री लामाले नुवाकोट जिल्लाका केही स्थानमा जनचेतना नपुग्दा त्यहाका चेलीवेटी बेचविखन हुने गरेको बताउनु भयो ।

साफेद चरणको महत्वपूर्ण यो अभियानले जिल्लाको गाउमाहरुमा केही योगदान पुग्ने बिश्वास समेत व्यक्त गर्नु भयो । त्यसैगरी ककनी गाउपालिकाका कार्यपालिका सदस्य शंकर नेपालीले सफेद चरण संस्थाले विशेष योगदान दिएको उल्लेख गर्दै

जनचेतना फैलाउन सहयोग गरेकोमा कार्यक्रम आयोजक तथा संस्थालाई धन्यवाद ज्ञापण गर्नु भयो । उनले संस्थाले गर्ने काममा गाउपालिकाले समेत हातेमालो गर्ने प्रतिवद्धता जनाए ।

साथै कार्यक्रममा खामपा खार्चुङ सोसाइटीकी अध्यक्ष अनु चाम्लिङले समाजमा हुने गरेको मानव वेचविखन तथा महिला हिंसा एवं बलात्कार जघन्य अपराध जस्ता घटना घटिरहेको बताउदै उक्त घटनाहरुमा अधिकांश आफन्त तथा नजिकका ब्यक्तिहरु नै सलग्न हुने गरेको बताइन ।

विद्यालयलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरेकोमा विद्यालयका प्रधानाध्यापक शंकर लोहनीले संस्थालाई धन्यवाद ब्यक्त गरे । साथै संस्थाले मानव अधिकार तथा अपराध नियन्त्रणका क्षेत्रमा गरेको काम उदाहरीय रहेको बताए ।


छोटो अवधीको कार्यक्रम भएपनि विभिन्न सांङगीतिक तथा हास्यव्याङग्य प्रस्तुती समेत कार्यक्रममा राखिएको थियो । लोकप्रिय गायिका लक्ष्मी स्याङताङ तथा सिमा घिमिरेको प्रस्तुतीले सहभागीहरु निकै रौसिएका थिए ।

त्यसैगरी हास्य कलाकार चुनीराम र ढेडु बुढो पवन खतिवडा र सरोज घिमिरेको हास्यव्यङले सबैलाई हसाएका थिए । विद्यार्थी शिक्षक तथा अभिभावकको सहयोगले कार्यक्रम निकै आकर्षक बनेको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...