नेपाल राहत शिक्षक संघठनले चर्को आन्दोलन चर्काउदा चकाउर्दै हतार हतार शिक्षा मन्त्रालयले यसरी पत्र पठाए, भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 7 Oct 2018

 

जेरुङ फिल्मस संवाददाता,२१, असोज–काठमान्डौं । आईताबार नेपाल राहत शिक्षक संघठनले चर्को रुपमा आन्दोलन चर्काएका छन् । सरकारले पुरानो राहत शिक्षकलाई बेवास्ता गर्दै नयाँ दरवन्दी निकालेको विरोधमा अस्थायी शिक्षक स्थायी गर भन्ने मुल नाराका साथ आन्दोलनमा उत्रिएका थिए ।

माईती घर मण्डलाबाट सुरु गरिएको जुलुस नया बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई विभिन्न जिल्लाहरुबाट आएका जिल्ला अध्क्षहरुले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा देश परिवर्तनका लागी शिक्षकको ठूलो हात रहेको र देशमा गणतन्त्र ल्याउनका लागी चार जना मात्र जङगल पसेको सबैले स्मरण गराएका थिए ।

अझै पनि यो मागलाई सम्बोधन गर्न सरकारले अत्तेर गरे अब चालिस हजार शिक्षक फेरि जङगल पस्ने सबैले चेतावनी दिएका थिए । सम्बोधनकै क्रममा नेपाल राहत शिक्षक संघठनका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले यो आन्दोलन कुनै काष्टिङ मात्र भएको बताउनु भयो ।

यत्रो जनसागर सडकमा उत्रिएर निकालिएको आवाज पनि सरकारले नसुने अब अर्को आन्दोलनमा देश भरका चालीस हजार शिक्षहरु फेरि सडकमा उतार्ने चेतावनी दिनु भयो । कथमकदापी माईतीघरबाट सुरु गरि बानेश्वर सम्म उर्लेर आएको आवाजलाई सरकारले नसुने निषेधित क्षेत्र तोड्ने मात्र होईन, पुलिसको बन्दुकले पनि रोक्न नसक्ने बताउनु भयो ।

साथै उहाँले आफूहरुसँग मास्टर डिग्री पि. एच.डी. सम्मको सर्टीफिकेट र चौध वर्ष सम्मको कार्य अनुभव भएको र त्यसलाई वर्तमान सरकारले अपमान र तिरस्कार गरेको पनि बताउनु भयो । अध्यक्षले उक्त सभालाई सम्बोधन गर्दागर्दै हतार हतारमा शिक्षा मन्त्रालयले वार्तामा आउन आवहान गर्दै पत्र कातेर सभा स्थलमा नै पठाएका थिए ।

त्यो पत्रलाई अध्यक्षले पढेर सुनाएका थिए । पत्र पढी सकेपछि पत्र आउदैमा खुशी हुने अवस्था नभएको र अफूहरुको जाईज माग पूरा नभए सम्म जिल्ला बाहिरका सबै शिक्षकहरु नर्फिन आवहान समेत उहाँले गरेका थिए । सरकारले आफूहरुको माग सम्बोधन नगरेमा यस पालीको दशै पनि सँगै सडकमै मनाउने सबैले धारणा राखेका थिए ।

मन्त्रलायबाट सोम्बारका लागी बार्तामा आउन आवहान गरिए पनि सीमित व्यक्तिहरु मात्रै जाने र बाँकी सबै बिहान आठ बजेबाटै फेरि आन्दोलनमै उत्रिने कार्यकम रहेको श्री वाल बिकास मा.वि. नर्गाजुन १ काठमाण्डौका शिक्षक रामनाथ पोख्रेलले जेरुङ फिल्मसलाई जान्कारी दिनु भयो ।

देश भरका जिल्लाहरुबाट आएका शिक्षक शिक्षीका गरि करिब पाँच हजारको हाराहारीमा आन्दोलनकारीहरु रहेका थिए । उक्त सभालाई सात वटै प्रदेशका अध्यक्षहरुले पालैपालो सम्बोधन गरेका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...