चुरीफुरी र द्रौपदी फिल्म बन्ने पक्का घोषणा

wwwjerungfilmswwwjerungfilms 4 Oct 2018

 

जेरुङ फिल्मस संवाददाता,१८,असोज काठमाण्डौं चुरीफुरी र द्रौपदी फिल्म निर्माणको घोषणा गरिएको छ।

मंगलबार आफू निर्देशित तथा निर्मित ड्रिम गर्लको ट्रेलर सार्वजनिक गर्दै ऋषिराज आचार्यले यी दुई फिल्मको घोषणा गरेका हुन्।

दुबै फिल्मलाई आचार्यले नै घोषणा गर्ने जानकारी कार्यक्रममा दिइएको थियो।

उनले हाल फिल्म लेखनको चरणमा रहेको पनि बताए। फिल्मको स्क्रिपट लेखन सकिएपछि कलाकार छनौट गरिने उनको भनाइ थियो।

निर्देशक आचार्यले नयाँ फिल्मको घोषणा अहिले भएपनि ‘ड्रिम गर्ल’ रिलिजपछि मात्र फ्लोरमा जाने जानकारी दिएका छन्।

दक्षिण भारतको रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा चुरीफुरी र द्रौपदी निर्माण हुनेछ । ‘ड्रिम गर्ल’ मा पनि यो कम्पनीको लगानी छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...