दशैका लागी ४० हजार खशीबोका भित्रिए

wwwjerungfilmswwwjerungfilms 3 Oct 2018

 

जेरुङ फिल्स संवाददाता,१७,असोज— काठमाडौं । नजिकिदै गरेको दशैका लागी करिब १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ। भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो । यस्ता पशुको आयातमा केही राजश्व संकलन गर्नुबाहेक व्यापार घाटा शतप्रतिशत रहेको भन्सार विभागले जनाएको छ ।

पशु आयातबाट विभागले यो अवधिमा ४ करोड १३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।दशैँ, तिहार जस्ता चाडमा खसीबोका बढी भित्रिने भएकाले यस्तो आयात अझै बढ्न सक्ने आँकलन गरिएको छ । जसले गदौ असोज महिनामा यो शीर्षकको व्यापार घाटा थप बढ्ने भन्सार विभागले जनाएको छ ।

चौपाया खरिदबिक्रि सेवा संघले यो दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ ।

तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।यस्तै दुई महिनामा तयारी अवस्थाका माछामासु ७ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।जसमा मासु र मासुजन्य पदार्थ ३ करोड ५१ लाख ३९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै माछा पनि ३ करोड ५१ लाख ३९ हजार बराबरको आयात गरिएको छ । यद्यपी, मासुको आयात भन्दा निर्यात बढी रहेको देखिन्छ । यसको निर्यात भने ४ करोड ४२ लाख १२ हजार रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।

यता, माछाको निर्यात भने २८ हजार रुपैयाँ बराबरको मात्र भएको छ । मासु र मासुजन्य पदार्थमा भने देशको वैदेशिक व्यापार ९० लाख ७३ हजार रुपैयाँ नाफामा छ ।माछाको व्यापार घाटा भने २७ करोड ५५ लाख ४३ हजार रुपैयाँको रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...