गायीका रश्मी राईले आई लभ यू भन्ने धेरै आएको, तर मनको भावना नबुझ्नेहरु भएको खुलासा गरिन् ।

wwwjerungfilmswwwjerungfilms 2 Oct 2018

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, ।  खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाँउ पालीका ४ मा जन्मेकी गायीका रश्मी राई केही समयदेखि गीत सँगीतमा लागेकी हुन् । सुमधुर स्वर र आवाजकी धनी गायीकाले आफ्नो वाल्यकालीन अवस्थादेखि नै गीत सँगीतमा रुची रहेको बताइन् । उनी सानैमा छदाँ औधी प्रकृति प्रेमी, समुहमा रमाउने तथा मायालु स्वभावको रहेको समेत बताउने गर्छिन् ।

जब आफू सानो छदाँ गायक राजेश पायल राईको गीत सुन्ने गरेको र जसले गर्दा गीत सँगीतमा लाग्छु भन्ने पे्ररणा मिलेको बताउछिन् । २०७४ सालबाट मात्र गीत सँगीत रेकर्ड गर्ने तिर लागेकी गायीका छोटो समयमा नै करिब एक दर्जन भन्दा बढी गीत गाउन सफल भएकी छिन् । आफू सबैसँग मिलनसार र छिटो गुलमिल हुने शैली भएकोले सबैले अवसर दिएको बताउछिन् ।

एक दुई तीन भन्दै मायाको गन्ति सुरु भयो उनको पहिलो गीत हुन् । गायीका राईले नेपाली, बान्तावा,कोयु र चाम्लिङ गरि चार वटा भाषामा गीत गाई सकेका छन् । गीत सँगीत क्षेत्र पैसा कमाउने मात्र नभएर, मुख्य गरि आफ्नो उद्देश्यको बिषय रहेको उनी सुनाउछिन् । तर परिश्रम र मेहिनत गरेका यसमा भविष्य पनि राम्रा रहेको गायीका राई बताउछिन् । यतिखेर उनी गीत सँगीत रेकर्ड गर्नमा ब्यस्त छिन् ।

यो क्षेत्रमा आउनका लागी आफ्नो परिवारको पनि राम्रो सर्पोट रहेको उनी सुनाउछिन् । ए है धराने सहरको भानु चोकैमा, भेटौन कान्छा मेलैमा,जलेको छ, मेरो मुटु छियाँ छियाँ पार्छौ किन ? ए है हो सोल्टी ज्यू,नाकैमा टल्कीने झम्केफूली,वरको छायाँले,मर्नु न बाच्नु पर्यो है मायाले जस्ता उनका अब आउन लागेकी नयाँ गीतहरु हुन् । गायीका राईले आफूलाई धेरै आई लभ यू भन्नेहरु आएको तर आफ्नो मनको भावना नबुझ्नेहरु मात्र भएको यसरी खुलासा गरिन् । तलको भिडियोमा हेर्नु होला ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...