गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

wwwjerungfilmswwwjerungfilms 2 Oct 2018

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको छ । खोटाङ जिल्लामा जन्मेर लामो समयदेखि साँगीतिक आँकाशमा पाईला जमाउन सफल चर्चित गायिका मेनुका राईलाई एक्कासी बिदेशमा रहेको आफ्नो प्रदेशीको यादले सताएको छ ।अतितका पलहरुसँगै विताएको सम्झना गर्दै,हाल बाध्यताले प्रदेशी जीवन बनाएको प्रति गायीका राई बिलौना पोखाउछिन् ।

दुई दिनको जिन्दगी जिउनका लागी धन कमाउने आसमा महान पर्व दशै तिहार जस्ता चाड पनि सँगै मनाउन नपाएको प्रति उनी धिक्कार गर्छिन् ।नेपाली समाजमा देखा परेको यथार्थता समेटिएको परदेशी जीवन, यो हो मेनुका राईको नयाँ साँगीतिक कोसेली । जुन गीत भर्खरै मात्र विन्दाबासिनी म्यूजिकले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेको छ । सो गीतमा विदेशीएका आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटिएको छ ।

मिरादेवी राईको शब्द संगीत तथा राजु कार्कीको एरेन्ज रहेको गीत उपहार स्वरुप भर्खरै मात्र बजारमा आएको छ ।सो भिडियोलाई अजय रेग्मीले छायाँङ्कन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेको छ । भिडियोमा हिरा राई, र काजीस श्रेष्ठको रोचक अभिनय रहेको छ । भिडियोलाई काजी श्रेष्ठले नै निर्देशन गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...