प्रहरी र महानगरपालिकाबीच सम्झौता

wwwjerungfilmswwwjerungfilms 30 Oct 2018

 

जेरुङ फिल्मस संवाददाता,ललितपुर, १३ कात्तिक ९महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख ९प्रहरी नायब महानिरीक्षक० शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, विपद्मा कसरी सुरक्षित हुनेलगायत विषयमा दुई संस्था मिलेर नागरिकलाई सजग गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको अनुभव र जनप्रतिनिधिको ऊर्जालाई मिलाएर समाजमा आपराधिक घटना कम गर्न सकिन्छ ।”

महानगरपालिकाका प्रमुख महर्जनले प्रहरी र स्थानीय निकायबीच सहकार्य बढाउँदै जाँदा दिगो विकास लक्ष्यमा पुग्न सकिने बताउनुभयो । सम्झौता भएका विषय कार्यान्वयनको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जिम्मेवारी पूरा गर्न शिक्षित र सक्षम जनप्रतिनिधिले मात्रै सक्छ ।”

महानगरीय प्रहरी परिसर प्रमुख रवीन्द्र धानुकले नयाँ संविधानले सुरक्षा कायम गर्नका लागि धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...