मदिरा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

wwwjerungfilmswwwjerungfilms 30 Oct 2018

 

जेरुङ फिल्मस संवाददाता, १३ कात्तिक — दुल्लु ९रासस० स् दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो ।

नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी मातहतका सबै वडामा मदिरा नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नगरलाई मदिरा र जुवातास नियन्त्रण क्षेत्र बनाउनेतर्फ अघि बढ्ने नगर प्रमुख शाहीले बताउनुभयो ।

तत्काल नगरपालिकाका सबै वडामा मदिरा र जुवातास नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने उहाँको भनाइ छ । “अभियानलाई शुरुमै निषेधित रूपमा नभई नियन्त्रित अभियानका रूपमा अघि बढाउनेछौँ”, नगर प्रमुख शाहीले भन्नुभयो, “अभियानलाई शुरुमा नै निषेधित रूपमा अघि बढाउँदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित अभियानका रूपमा घोषणा गरेर बिस्तारै निषेधित क्षेत्रका रूपमा अघि बढाउनेछौँ ।”

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...