धपेडीका कारण प्रधानमन्त्री अस्वस्थ

wwwjerungfilmswwwjerungfilms 29 Oct 2018

जेरुङ फिल्मस संवाददाता,12 कात्तिक- मौसमी रुघाखोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै तीन दिन अस्पताल राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दसैँको समयमा टीकाको दिनदेखि चतुर्दशीका दिनसम्म टीकाटालोमा व्यस्त रहेका र त्यसअघि पनि विभिन्न कार्यक्रममा जिल्ला दौडमा पुगेका प्रधानमन्त्री ओली दसैँलगत्तै बिरामी भएका हुन् ।

अध्यक्ष ओली स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भए । तर, कुराकानी गर्दा पनि खोकी लाग्ने र लगातार खोकी रहने समस्या देखिएपछि मन्त्रिपरिषद् बैठक छोट्याएर दश मिनेटमात्रै बसेको थियो । आइतबार मध्यरात खोकी बढे पनि प्रधानमन्त्रीले त्यसलाई सामान्यरूपमा लिएका थिए । तर, बिहान २ः३० बजे निजी चिकित्सक दिव्या सिंह शाह अमेरिकाबाट फर्किएलगत्तै बालुवाटार पुगेकी थिइन् । उनले भाइरल फ्लू र सिजनल फ्लूको आशंका गर्दा तत्काल अस्पताल भर्ना हुनुपर्ने बताएपछि प्रधानमन्त्री निवासबाट ३ः१५ बजे ‘मुभ’ भएको बालुवाटार स्रोतले जानकारी दियो ।

उनको स्वास्थ्य सोमबार साँझसम्म स्थिर रहेको र शरीरमा चिनीको मात्रामा थपघट अद्यावधि रहेको उपचारमा संलग्न चिकित्सकहरूको नेतृत्व गरिरहेको डा. अरुण सायमीले जानकारी दिए । “हामीले चिनीको मात्रामा सन्तुलन कायम राख्न औषधि चलाएका छौँ । उहाँको स्वास्थ्यमा पूर्णरूपमा सुधार आउन अझै तीनदिन लाग्छ,” उनको भनाइ थियो । उनले मौसमी रुघा–खोकीकै कारण प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बिग्रिएको जानकारी दिए ।

भीड बढेपछि भेट्न नआउन निर्देशन
आइतबार स्वास्थ्यमा सुधार आएको भनिएको तर सोमबार बिहान अस्पताल भर्ना भएको सुनेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ता त्रिवि शिक्षण अस्पताल परिसर पुगेका थिए । अस्पताल परिसरमा एक्कासी भीड बढेर अन्य बिरामीलाईसमेत अप्ठ्यारो पर्न थालेपछि प्रधानमन्त्रीको सचिवालयले भेट्न नआउन अनुरोध नै गरेको छ ।

तथापि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई भेट्न कार्यकर्ता एवम् सुभेच्छुकको ओइरो लागेको छ । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा कयौँको जिज्ञासा रहेको र अफवाहसमेत फैलिएको भन्दै उपचारमा संलग्न चिकित्सकहरूले मंगलबार बिहान १० बजे अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताएका छन् । प्रधानमन्त्रीको उपचारमा तीन सदस्य समूह बनाइएको छ । जसको नेतृत्व प्रा.डा अरूण सायमीले गरेका छन् । त्यस्तै समूहमा उनका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...