उद्यान पर्यटकको गन्तव्यस्थल बन्यो टीकापुर

wwwjerungfilmswwwjerungfilms 26 Oct 2018

जेरुङ फिल्मस संवाददाता,९,कात्तिक– टीकापुर । घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान ९टीकापुर पार्क० आकर्षक गन्तव्य बन्न थालेको छ ।

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा ९¥याफ्टिङ०को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताउनुभयो ।

दशैँको समयमा प्रवेश शुल्कबापत उद्यानले रु ८९ हजार आम्दानी गरेको छ । देशका विभिन्न जिल्लाबाट दैनिक २०० देखि ५०० जनासम्म आन्तरिक पर्यटक पार्क अवलोकन गर्न आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्कबापत आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु २५, प्रतिविद्यार्थीका लागि रु १५, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु १५० तथा सार्कबाहेकका राष्ट्रबाट आउने पर्यटकका लागि रु ३०० शुल्क तोकिएको छ । उद्यानमा कात्तिकदेखि जेठसम्म बढी पर्यटक घुम्न आउने गर्दछन् ।

दशैँ सकिएपनि यतिबेला वनभोज खान आउनेको उद्यानमा घुइँचो लागेको छ । विसं २०२८ मा स्थापना गरिएको सो उद्यानको नौ बिघामा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको उक्त उद्यानमा तत्कालीन राजा महेन्द्रले एक महीना बसेर स्वास्थ्य लाभ गरेका गरेका थिए । उद्यानमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका लगायतका संरचना छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...