सोुखुम्बुको मेरा कोङमादिङ हिमालमा लेक लागेर सबिना कुलुङको मृत्यू

wwwjerungfilmswwwjerungfilms 24 Oct 2018

जेरुङ फिल्मस संवाददाता,७,कात्तिक–सोलुखुम्बु । महाकुलुङ गाउँपालीका बुङ ४ निवासी सबिना कुलुङको लेक लागेर मृत्यू भएको छ । दशै बिदाको अवसर पारेर मेरा पिकको सेतो पोखरी होटलमा काम गर्न जाने क्रममा कात्तिक २ गते कोङमादिङ्मा भन्ने ठाउमा कुलुङको मृत्यू भएको हो । कुलुङ कक्षा १० मा अध्यानरत छात्रा हुन् ।

कात्तिक दुई गते मृत्यु भएकी कुलुङको लाश भने ५ गते मात्र उद्धार गरिएको छ । मृत्यूको खबर समयमा जानकारी गराउदा पनि स्थानीय सरकार कानमा तेल हालेर बसेकोले शव ल्याउन ढिलो भएको महाकुलुङ गाउँपालीका १ बङ निवासी केश कुमार राईले कलाखबरलाई जानकारी दिए ।

घटना बिहान ११ बजे भएको र त्यो लगतै स्थानीय सरकारका प्रतिनिधिहरुलाई खबर गर्दा बेवास्ता गरेको प्रति आपत्ति जनाएको समेत कुलुङले बताउनु भयो । मृतकको तस्बिर र जानकारी आफ्नो फेसबुकमा सार्बजनिक गर्दा केही साथीहरुबाट मृतकको परिवारसँग कुराकानी भई सकेको खबर पाए पनि आफुसँग कुनै प्रतिकृया नआएको कुलुङले बताउनु भयो ।

त्यसपछि तत्काल गाउँपालीका प्रमुख सागर किराँतीलाई खबर गर्न खोज्दा स्वीकार नभएपछि छेस्काम प्रहरी कार्यलयलाई खबर गरेको बताउनु भयो । प्रहरी कार्यलयसँगको सम्र्कपछि बल्ल लाशलाई उद्धार गरिएको बताउनु कुलुङले बताउनु भयो । यद्यपी अध्यक्ष बिकास कुलुङले समेत मेरो फोन उठाएन र खाशै चासो नै देखाएन भन्नु भयो ।

त्यसपछि आफूहरुले हेलिकम्टर बोलाई सकेको पनि अन्तिम्मा उनीहरुले क्यान्सल गर्न लगाएको आरोप लगाउनु भयो । यसरी हेलिकप्टरलाई क्यान्सल गरेपछि स्थानीय सरकार र जुन हेलिकप्टर क्यान्सिल गर्ने साथिहरु प्रती साच्चै नै मर्दापर्दा पनि उनिहरुलाइ फाइदानै चाहिने रहेछ भन्ने महसुस गरे भन्नु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...