नेपाल चीन सम्बन्ध थप फलदायी हुने

wwwjerungfilmswwwjerungfilms 24 Oct 2018

काठमाडौँ, ७ कात्तिक (रासस) ः उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणामा आठौँ बेइजिङ सियाङग्स्ट्यान मञ्च बैठकमा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि त्यहाँ रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सेना खटाई अन्तर्राष्ट्रि«य शान्ति सुरक्षा स्थापनामा पु¥याएको योगदानबारे नेपालको धारणा र मन्तव्य राख्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।  सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्चपदस्थ सैनिक पदाधिकारीसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नाका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ ।

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...