नेकपाका नेताद्धय केपी ओली र प्रचण्डको अब गल्ति नगर्ने प्रतिबद्धता

wwwjerungfilmswwwjerungfilms 22 Oct 2018

जेरुङ फिल्म संवाददाता,५,कात्तिक–काठमाण्डौं । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिमाथि छलफल भएको छ।

वरिष्ठ नेता नेपालले आफ्नो अनुपस्थितिमा बिना जानकारी प्रदेश इन्चार्ज, सह(इन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिको चर्को विरोध गर्दै आएका थिए।

नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो गल्ती फेरि नगर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालले निर्णय सच्याएर पुनः मापदण्ड बनाएर निर्णय गर्नुपर्ने माग अघि सारेका थिए। तर अध्यक्षद्वयले फेरि गल्ती नगर्ने सहमति जनाएपछि प्रदेश नेतृत्व नियुक्ति सम्बन्धी निर्णयलाई बैठकले सदर गरेको छ।
पार्टी एकताको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक पुनः बुधबार बस्नेछ।
त्यसैगरी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।

प्रा डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका थिए। यही विषयमा असन्तुष्टि नेता श्रेष्ठले राजनीनामा दिएका थिए।

नेकपा सचिवालयको अर्को बैठक बुधबार अर्थात् कात्तिक ७ गते दिउँसो ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...