कृष्णनगरमा कडा सुरक्षाका साथ कफ्र्यू जारी,

wwwjerungfilmswwwjerungfilms 22 Oct 2018

जेरुङ फिल्म संवाददाता,५,कात्तिक–काठमाण्डौं । कपिलवस्तु कृष्णनगरमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद भएपछि प्रशासनले आइतबारदेखि कफ्र्यू जारी गरेको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो।

विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यू लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कफ्र्यू लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए।

तीन दिनसम्म पटकपटकको छलफल र संवादपछि पनि तनाव साम्य नभए पछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू जारी गरिएको हो । कृष्णनगर बजारमा समूह बनाएर हिँडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कारवाही गरिने प्रजिअ पोख्रेलको भनाइ छ ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुरले बताए। शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...