एसपी विष्टको बर्खास्तको तयारी,गृहमा खनालले पठायो पत्र ।

wwwjerungfilmswwwjerungfilms 19 Oct 2018

 

 

राजकुमार राई,२,कात्तिक–काठमान्डौं । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा चरम लापरवाही गर्ने प्रहरी एसपी विष्ट बर्खास्त हुने भएको छ ।

तत्कालिन घत्नामा प्रमाण नष्ट गरेर प्रहरी संगठनलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।

आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई समेत बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।  प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।

आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्नका लागी गृहमा पत्र पठाउनुभएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ुसम्भवत सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ।

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो। विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ ।

उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।

निर्मलाका आमाबाबुले काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। अरु खुशीले रमझमका साथ चाडबाड मनाईरहेका बेला निर्मलाका आमाबाबु भने पिडाले भकानी रहेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...