चुनावमा गरिएका वाचा पुरा गर्न सांसदहरुको प्रतिबद्धता

wwwjerungfilmswwwjerungfilms 17 Oct 2018

जेरुङ फिल्मस संवाददाता, असोज,३१– काठमाण्डौं । चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिबद्ध रहेको सांसदहरुले बताएका छन्। दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रतिनिधिसभामा गरीब बस्तीका आधारभूत सुविधाका कुरासँगै वर्षौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपूर्जा, आरक्ष विस्थापित पुनःस्थापनका कुरा, मुक्तकमैया, बाढीपीडित र सुकुम्वासीका कुरा उठाएको चर्चा गर्दै सांसद नरबहादुर धामीले कानूनले पूर्णता पाउने बित्तिकै सबै कुरा पूरा हुने प्रतिबद्धता व्यक्त गरे ।

जनताले समस्या समाधान गर्ने जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्ने दायित्व काँधमा आएको प्रतिनिधिसभाका सांसद नरबहादुर धामीको भनाइ थियो । ‘हामी जनताका भरिया हौँ’, उनले भने, ‘चुनावमा उठाइएका मुद्दा थाँती राख्दैनौं ।’
सुदूरपश्चिम प्रदेशका सदस्य महेशदत्त जोशीले प्रदेशमा कर्मचारी अभाव हुँदा कार्य अगाडि बढाउन समस्या रहेको बताए। ‘प्रदेशमा खटाइएका कर्मचारी आएका छैनन् । आउनेलाई एक तह बढुवा गर्ने भनेका छौँ । त्यसपछि पनि नआए कारवाही गर्ने प्रदेश सरकारको तयारी रहेको छ’, उनले भने ।
सर्वसम्मत रूपमा प्रदेशको राजधानी गोदावरी तोक्ने कार्य गरिएको बताउँदै उनले कतै पनि असहमति नभएको जिकिर गरे। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिकाको विकासका लागि द्रूतगतिमा कार्य अगाडि बढाइएको बताए।  निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलबका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको उनको भनाइ थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...