बालिका जैनबका बलात्कारीलाई डिएनएबाट पत्ता लागाए पछि यसरी दिइयो फाँसी
जेरुङ फिल्मस संवाददाता,३१,असोज– लाहौर स् विश्वलाई स्तब्ध बनाएको पाकिस्तानकी जैनब बलात्कार काण्डमा अन्ततः दोषीले सजाय पाएका छन्।
सात वर्षकी बालिका जैनबलाई बलात्कारपछि हत्या गरेको घटनामा दोषी २४ वर्षीय इमरान अलीलाई फाँसी दिइएको हो। यो मामिलालाई पाकिस्तानले केबल ९ महिनामा कडा कारबाहीसहित टुंगो लगाएको हो।
अलीलाई लाहौरको कोट लखपत जेलमा बुधबार बिहान साढे ५ बजे फाँसीमा झुन्डाइयो। फाँसी दिने समय मजिस्ट्रेट आदिल सरवारसहित जैनबका पिता पनि उपस्थित थिए।
अलीका परिवारका केही सदस्यलाई पनि त्यो अपराधका लागि अलीलाई फाँसी दिएको दृश्य हेर्न बोलाइएको थियो। फाँसीअघि अलीलाई उनको परिवारका सदस्यसँग भेट्न ४५ मिनेट समय दिइएको थियो।
समाचार अनुसार अलीलाई यही वर्ष जनवरी २३ मा पक्राउ गरिएको थियो। के थियो घटना ? अलीले अहिलेसम्म एक मात्रै होइन, नौजना बालिकालाई बलात्कारको शिकार बनाएको स्वीकार गरेका थिए।
यी मध्ये सात वर्षीया जैनब पनि थिइन्। उनको शव १ जनवरीमा एक घर नजिकै भेटिएको थियो। अलीले ती बालिकालाई उनको घर नजिकैबाट अपहरण गरेका थिए।
त्यसपछि उनले जैनबलाई बलात्कार गरेर घाँटी थिची हत्या गरेका थिए। जैनबको यो मामिला सार्वजनिक भएपछि विश्वस्तरमै आक्रोश पोखिएको थियो। डीएनए रिपोर्टबाट जैनबको बलात्कारमा अली संलग्न भएको पत्ता लागेको थियो।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...