भारतीय युवती पाकेटमारको समूह काठमाडौं आएको खुलासा

wwwjerungfilmswwwjerungfilms 14 Oct 2018

जेरुङ फिल्मस संवाददाता,२८,असोज–काठमाडौं । दशैं र तिहार जस्ता चाडबाडको मौका छोपेर पाकेटमारी गर्न भारतबाटै युवती पाकेटमारको समूह काठमाडौं आएको प्रहरीले जनाएको छ।

गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परिन्। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खातुनलाई बिशालबजारमा पछाडिबाट पाकेटमार गरिरहेको बेला पक्राउ गरेको हो।

एक युवतीको रकम पाकेटमारी गर्दै गरेका बेला पक्राउ परेकी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ । दशैं तिहार जस्ता चाड पर्वमा पाकेटमारी गर्नकै लागि भारतीय युवतीको समूह काठमाडौं आएको खातुनको बयानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी खातुनलाई प्रहरीले थुनामा राखि थप अनुसन्धान अघि बढाएको छ। उनीसँगै आएका अन्य युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ। गएको बिहीबार काठमाडौंको मच्छिन्द्र बहालस्थित एक ब्यक्तिको पाकेटमारी गर्दै गरेकी ३५ वर्षीय सृजना विकलाई प्रहरीले पक्राउ गर्यो।

एक युवतीको ५५ हजार रुपैयाँ पाकेटमारी गरी भाग्दै गरेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले विकलाई पक्राउ गरी कार्यालयमा ल्याएर सोधपुछ गर्यो, अनि पत्ता लाग्यो उनी पाकेटमार युवती समूहको नाईके रहिछन्।

यसअघि उनलाई प्रहरीले गौशालाबाट पाकेट मार्दै गरेका बेला पक्राउ गरेको थियो। त्योभन्दा अगाडि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। विक पटके पाकेटमार हुन्,’ महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी

टेकुनन्द लिम्बुले भने, ‘हामी उनको पुरानो रेकर्ड हेर्दैछौ, उनी पटके पाकेटमार हुन्, उनका अन्य सदस्य पनि रहेछन्।’ विकले ६ देखि ७ जना युवतीको समूह बनाएर राजधानीको गौशाला, नयाँबसपार्क

, चावहिल, न्युरोड लगायतका ब्यस्त क्षेत्रमा पाकेटमारी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार विक ब्यस्त तथा मानिसको बढी भिड हुने स्थानमा घरेलु कामदार महिलाको रूपमा जान्छिन्।

सामानहरु हेर्ने किनेजस्तो गर्ने र पैसावाल महिला पत्ता लगाएपछि पछि लागरेर आफूलाई पायक पर्ने स्थानमा पुगेर पाकेटमार्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

समाजमा पाकेटमार गर्ने पुरूष ब्यक्ति हुन्छ भनेर मानिसहरू पुरुषमा शंका गर्छन्, तर महिलालाई शंका नगर्ने भएका कारण विक ग्याङको पाकेटमारी फस्टाएको हो,’ प्रहरीले भन्यो।

प्रहरी थुनामा रहेकी पाकेटमार विकले आफ्नो ग्याङ भएको र अहिले सबैजना साइट लागिसकेको बताइन्। प्रहरीका अनुसार किनमेल हुने स्थानमा बच्चा बोकेका महिला विकको पहिलो निसानामा पर्ने गर्छन्।

बच्चा बोकेका महिलालाई किनमेल गर्दा सहयोग गरेको जस्तो गर्ने, नजिकीने र उनीहरुले कहाँबाट पैसा निकाल्छन् याद गर्ने र पाकेटमारी गर्ने गरेको खुलेको हो। प्रहरीले गएको एक सातामा मात्र ७२ जना

पाकेटमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए। महानगरीय प्रहरी परिसर काठमाडौंले चोरी, लुटपाट तथा पाकेटमारीका घटना शून्यमा झरेको दाबी गरेको छ।

काठमाडौं प्रहरीले गएको एक सातामा ७२ जना पाकेटमारलाई पक्राउ गरेको छ। भने त्यतिनै चोरलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले

जेरुङ समाचार संवाददातालाई जानकारी दिए। संवाददातासँग कुरा गर्दै उनले भने, ‘हामी चोरी तथा पाकेटमारी नियन्त्रण गर्न सफल भएका छौ, यसलाई कायम राख्ने छौं ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...