भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर नवौं लिगलिगे राजा

wwwjerungfilmswwwjerungfilms 14 Oct 2018

जेरुङ फिल्मस संवाददाता,२८,असोज–काठमाडौं । भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर नवौं लिगलिगे राजा भएका छन्। चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३ किलोमिटर दूरी ५८ मिनेट २५ सेकेन्डमा पूरा गरी मगरले ६० हजार एक सय पुरस्कार हात पारेका हुन्।

यस वर्षका लागि राजा छान्न आइतबार लिगलिगकोटमा आयोजित दौड प्रतियोगितामा एक जना स्वीडेनका धावकसहित एक सय २५ धावक सहभागी रहे। दौडमा पहिलो भएका धावक मगरको शीरमा चाँदीको श्रीपेच लगाइयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मगरको शीरमा श्रीपेच लगाएर राज्याभीषेक गराएका हुन्। अनिश यसअघि दुइ पटक लिगलिगे राजा भइसकेका छन्। २०७१ र २०७३ मा राजा भएका उनी यसपटक पनि राजा बने।

उनलाई पालुङटार नगरपालिकाले रथयात्रा गरी नगर परिक्रमा गराएको छ। वाग्लुङका तीर्थ पुनले ५८ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी दौडेर दोस्रो भए। पुनलाई ३५ हजार एक सय पुरस्कार दिइयो।

नेपाली सेनामा कार्यरत रामजी बस्नेतले ५९ मिनेट २१ दौड पूरा गरी २५ हजार एक सय पुरस्कार जितेका छन्। भेट्रान्स दौडतर्फ कीर्तिपुरका धर्म महर्जन पहिलो भए।

उनले एक घण्टा १७ मिनेटमा दूरी पार गरे भने ललितपुरका पुष्पलाल श्रेष्ठले दुई घण्टा चार मिनेटमा दौड पूरा गरी दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धरले दुई घण्टा पाँच मिनेटमा दौड पूरा गरी तेस्रो भए।

चेपेघाटमा दौड उद्घाटन नेकपा सांसद चुडामणि खड्काले गरेका थिए भने विजेता धावकलाई पुरस्कार वितरणमा मन्त्री अधिकारी सहभागी रहेका थिए।

लिगलिगकोटमा स्वदेशीरविदेशी पर्यटक भित्र्याउन पूर्वाधार विकास गर्न गुरुयोजना बनाएर मन्त्रालयमा पेश गर्न मन्त्री अधिकारीले आयोजक संस्था लिगलिग विकास अभियानलाई आग्रह गरे।

लिगलिगकोटमा द्रव्यशाह दौडेर राजा भएको इतिहास छ। देशमा गणतन्त्र आएपछि २०६७ सालदेखि निरन्तर लिगलिगबासीले वर्षेनी राजा छान्दै आएका छन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...