‘इमानको इन्द्रेनी’ पुस्तक प्रधानमन्त्री ओलीद्वारा विमोचन
राजकुमार राई,२७,असोज–काठमाण्डौं । अनिल पौडेलद्वारा लिखित पुस्तक ‘इमानको इन्द्रेनी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास वालुवाटारमा आज विमोचन गरेको छ ।
सो अवसरमा कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको परम ओलीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए ।
हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात पनि गर्ने गरेको छ भन्नु भयो ।
सहकारी अभियन्ता तथा नेकपाका नेता केशव वडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताए। नेपालको सहकारी आन्दोलनमा वडालजीको योगदान अतुलनीय छ।
पार्टीका हरेक बैठकमा उहाँले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरूलाई समेत बुझाउने गर्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने।
मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छँदै प्रशंसा गर्न पर्ने ओलीको धारणा थियो । पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीले लेखक पौडेललाई धन्यवाद समेत दिए ।
त्यस्ता मान्छेको जीवित छँदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
‘वडालजी त्यस्ता थोरै मध्येका एकजना पात्र भएको र जसको जीवीत जीवनकाल मै प्रशंसा प्रशंसा गर्नु पर्ने जिकिर गर्नु भयो ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...