मिस हेरिटेज क्वीन २०१८ को प्रतियोगीतामा घोटला, फष्ट रनरअप सुस्मिताले आफूले पाएको मेडल र क्राउन स्टेजमा फालिन्

wwwjerungfilmswwwjerungfilms 25 Sep 2018

जेरुङ फिल्मस् संवाददाता,९,असोज–काठमाण्डौं । शुक्रबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईल कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा मिस हेरिटेज क्वीनको ताज अस्मिता खडकाले जितिको आयोजकले देखाए । फष्ट रनरअप सुस्मिता गोलेलाई बनाए भने, भने सेकेण्ड रनरअप योसी ह्योल्मो भइन ।

थर्ड रनर अप ग्रिस्मा रिजाल भइन । तर प्रतियोगीतामा निष्पक्ष नभएको सुईको पाएपछि सुस्मिता गोलेले अनुहार बिगारिन् । यद्यपी गोलेले ताज समेत लाउन मानेकी थिइनन् । साथै अरु प्रतिस्पर्धीहरु पनि असन्तुस्त जनाउदै गोलेलाई घेरा लगाउदै आयोजक विरुद्ध उत्रिन थाले । कला र प्रतिभा प्रदर्शनको आधारमा गोले बिजेता हुन्छिन भन्नेमा सबै दर्शकको अडकल थियो ।

आयोजक रबि लामाले प्रतियोगीता सुरु हुनु भन्दा अगाडी नै आठजना प्रतियोगीहरुलाई समुहमा राखी होटलको सौचालय पछाडी लगेर एक लाख रुपैया मागेको सुस्मिता गोलेले खुलाईन् । त्यही वेला सुस्मिताले पैसा केको लागी ? भनेर सोध्दा रबि लामाले होटलमा एकलाख तिर्न पर्ने भएकोले भनेको बताईन ।

गोप्य र एकान्तमा लगेर आफूसँग दुई लाख मागेको कुरा प्रतियोगी नं १ समिक्षा पौडेलले बताईन् । तर समिक्षा पोडेलले सो रकम दिन नक्ने जनाए पछि टप ६ बाट फालेको समेत जनाइन् । सबै दर्शकको हौशला र हुटिङ भने समिक्षा प्रति नै थियो । उनले जो जो सँग आयोजकले पैसा लिईयो उसैलाई महत्वपूर्ण स्थान दिएको आरोप लगाइन ।

हतारहतारमा आयोजकले मिस हेरिटेज क्वीन २०१८ को उपाधी अस्मिता खडकालाई घोषणा गरे पछि बिवाद सुरु भएको थियो । आयोजकले ४ बजे सुरु हुने भनिएको कार्यक्रम राती ७ बजे सुरु गरेपछि नै सबैमा संकाको घेरा छाएको थियो ।
अधिकांश दर्शक तथा प्रतियोगीले समेत सुस्मिता गोले वीनर हुने सम्भावना देखेका थिए । टयालेन्ट राउण्ड देखि पश्नको जवाफ राउण्डसम्म सबै प्रस्तुती हेर्दा सुस्मिता गोले वीनर हुने अधिकांशको अनुमान थियो नै । प्रतियोगीले समेत सुस्मितालाई बधाइ दिइसकेको अवस्थामा अस्मितालाई वीनर घोषणा गरेपछि आयोजकले आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

टाइटल वितरणमा समेत आयोजकको लापरबाही भएको समिक्षा पौडेलले बताईन् । भ्युअर च्वाइसको आधारमा हेर्ने हो भने योसी ह्योल्मोले पाएको क्राउन आफुले पाउनु पर्ने उनले दाबी गरिन् ।
समिक्षाको कब्जामा नै आउनु पर्ने दर्शकको अनुमान समेत थियो । वीनरले पाउने स्कुटी बराबरको सुविधा यो टाइटलमा राखिएको थियो । तर फेसबुमा हेर्दा सबैभन्दा कम लाइक योसी ह्योल्मोको देखियो । यो टाइटलमा समेत आयोजक संकाकै घेरामा छन । ३५ सयका दरले विक्रि गरेको टिकमा खानाको समेत व्यवस्था गरिएको थियो ।

तर कार्यक्रम सकिएपछि टिकटले खाना नदिन होटललाई भनियो र खानाको लागि टिकटको सट्टा कुपन राखियो । कुपन लिएर खानाको लाइनमा बस्दा खाना समेत खान नपाएपछि झनै विवाद भयो । किन कुपन भएर पनि खाना पाएनन हामीले बुझने प्रयास गर्दा कार्यक्रम गरे वापत तथा खानाको विल समेत नतिरिकन आयोजक भागी सकेकोले होटलले खाना नदिने एक कर्मचारीले बताए । कपन लिएर हातमा प्लेट लिईसकेका सबैलाई होटलका कर्मचारीहरुले फर्काए ।

आयोजकले फाईनलको एक दिन अघि प्रतियोगीहरुलाई जो बिजेताहरु हुन्छन्, क्रमश ः पहिलो बिजेताले १,००,०००,उप बिजेताले २५,०००, र तेस्रो बिजेताले १५,०००, दिनु पर्ने लिखित एग्रीमेन्ट समेत यसरी गरिएको रहेछ । जुन तलको बुढा नं पाँचमा प्रस्टै देखिन्छ ।

साथै एग्रीमेन्ट अनुसार तीनै बिजेतालाई स्कुटर दिने लेखिएता पनि पहिलो बिजेतालाई मात्र दिइएको थियो । यसरी १२ बजे राती खाना समेत नदिएपछि दर्शकहरु आक्रोसमा आएका थिए । होटलको विल नतिरेपछि वीनरले पाएको स्कुटीसमेत होटलले कब्जा गरेको थियो । जमानी स्वरुप स्कुटी राखिएको होटलले जनाएको छ । होटलका एक कर्मचारीले भने ‘आयोजक ले होटलको बिल नतिरेको कारण हामीले स्कुटी राखेका हौ, जहिले आयोजकले होटलको विल तिर्छन त्यसपछि स्कुटी लान सक्नेछन ।

’ प्रतियोगी न ११ सोना बरामलाई आयोजक रबि लामाले रातको ११ बजे फोन गरेर पचास हजार सम्मको टिकट बेच्न दबाब दिएको बताईन् । पचास हजार बराबरको टिकट नबेचेमा प्रमाण पत्र समेत नदिने धम्कि दिएको सोनाले खुलासा गरिन् । साथै प्रतियोगी नं ३ सिमा मगरसँग ५०,००० र प्रतियोगि नं ७ सीता जोतीसँग २०,००० आईताबार दिन्छु भन्दै लिएको रकम अहिले सम्म पनि नदिएको उनले बताईन् ।

अझै सबै कुरा प्रस्ट हुनका लागी तलको भिडियो हेर्न सकिन्छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...