चलचित्र निर्मात्री साया राईले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको यसरी खुलासा गरिन् (भिडियो सहित)

wwwjerungfilmswwwjerungfilms 20 Sep 2018

 

राजकुमार राई,४,असोज— काठमाडौ । चलचित्र सायाबुङ निर्मात्री साया रार्इले सुटिङको क्रम्मा कसैले आफुसँग रमाईलो गर्न खोजेको बताइन् । कति काम मात्र गर्ने ? बरु रमाईलो गरौं, घुम्न जाउ मनोरञ्जन गरौं अनि तिम्रो डुबेको पैसाको दोब्बर म उठाई दिन्छु । तर मैले अस्वीकार गरेपछि अनेक एस.एम.एस. गरे । त्यो स्क्रीन सर्ट गर्दिन्छु भन्दा फेसबुकबाट समेत ब्लक गरेको बताईन् । सहयोग गर्छु भन्ने तर सहयोग भने नपाएको उल्लेख गर्दै चलचित्र निर्मात्री रार्इले भनिन्, । यस किसिमको कुदृश्टि र गिद्धे नजरबाट आफु पछि नहटेको र समयमा आफ्नो सच्चा मित्रहरुको बलियो हात समात्न पाएकोले आज यो चलचित्र निर्माण गर्न सफल भएको बताईन् ।

यो चलचित्र पैसा कमाउने उद्देश्य नभएर विशेष गरि आफ्नो मौलिक सँस्कृतिको बचाउ तथा आफ्नो जातिभित्रको कला संस्कृति बचाउन र आफ्नी आमाको सपना पुरा गर्न निर्माण गरेको खुलाइन् । अनेक चुनौतिको भावजुट पनि यो चलचित्र सफल हुनुमा वाईट फेसको ठूलो भूमिका रहेको समेत उहाँले बताइन् । जसका लागी सफेद चरणका हेल्थ कोडिनेटर पदम लिम्बु पावललाई विशिष धन्यबाद समेत ब्यक्त गरिन् । यो टिम र सायाबुङको सहकार्यमा विभिन्न मृगौला पीडित, क्यान्सर पीडित, तथा बन्मारो रोगको सिकार भएका बिरामीहरुलाई सहयोग समेत गर्दै आएको बताईन् ।

आफ्नै समुदायको केहि व्यक्तिले भने खुट्टा तान्दै गिद्धेनजर लगाएको आरोप लगाइन् । तर माईती मानेर भगिराज राईलाई गुहारेको र एकैचोटीमै आफ्नो अनुरोधलाई स्वीकारेकोले काम गर्न सजिलो भएको उहाँले बताईन् । ‘पहाडी र विकट ठाउँमा सुटिङ गर्नु परेकोले निकै अप्ठयाँँराहरु आए । हिउँ र असिनासँग लड्दै यो सुटिङ गर्दा आफू अचेत हुने गरी विरामी पनि भए भनिन् । यो चलचित्र निर्माणको क्रममा वाईट फेस अर्थात सफेद चरण संस्थाको ठूलो भमिका तथा सहयोगको लागी निर्देशक भगिराज राईले धेरै खुशी लागेको बताउनु भयो ।

वाईट फेसले अशक्त बिरामी क्यान्सर पीडित , बन्मारो रोगी जस्ता पीडितहरुलाई आर्थीक सहयोग गर्दै आएको जानकारी समेत दिनु भयो । निर्देशक रार्इले चलचित्र निर्माणका क्रममा थुप्रै चूनौतीको सामाना गर्नु परेको बताए । मौसम प्रतिकुल भएका कारण पनि छायाँकनमा निकै चुनौती झेल्नु परेको अनुभव सु्नाए ।अर्का निर्माता पदम लिम्बु पावलले चलचित्रमा सोचेभन्दा बढी लगानी गर्नुपरेको बताए । उनले भने, ‘विकट ठाउँमा लामो समय सुटिङ गर्दा खर्च बढ्यो । तर पनि चलचित्र राम्रो बनेको छ ।

हामी एकदम खुसी छौं साथै हामीले यस चलचित्रसँगको सहकार्यमा अन्य थुप्रै प्रकारका विरामीहरुको सेवा गर्ने मौका समेत पाएकाछौं भन्नु भयो । फेरि दुई वटै संस्थाको सहकार्यमा केही बिरामीहरुको सहयोगको लागी यही असोज २२ गते कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको उक्त चलचित्र साया रार्इले निर्माण गरेकी हुन् । फिल्ममा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गर्न खोजिएको दृश्यहरु समावेश गरिएको छ ।

फिल्मको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि फिल्म नेपाली भाषामा रहेको छ । अनेक चुनौती र कठीनाईसँगै चलचित्र सफलतापूर्वक सकिएको र गत शनिबार वृहत दर्शकहरुको माझमा प्रर्दशन समेत गरिएको सहल्लाकार जीवन जित राईले बताउनु भयो । यो चलचित्रमा मौलिकता झल्किएको र यसले भावी पुस्ताको लागी इतिहास रच्ने समेत उहाँले बताउनु भयो । चलचित्रको शो को लागि पूर्वी नेपालका विभिन्न ठाउँका साथै विदेशमा पनि शो हुन लागेको राईले जानकारी गराइयो ।

फिल्मको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ । फिल्ममा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय छ । फिल्ममा भगिराज लेखन, भक्त सुनुवार र उदय नेमबाङको संगीत, देबजंग थापाको सम्पादन रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...