नौमति बाजाको तालमा महिलाहरुको चमत्कारी प्रतिभा

wwwjerungfilmswwwjerungfilms 19 Sep 2018

 

जेरुङ फिल्मस् संवाददाता,३,असोज—काठमाण्डौं । समाज परिवर्तनका लागी महिलाहरु अग्रसर हुन थालेका छन् । मंगलबार बालाजु मन्दिरमा महिला नौमति बाजा समुहले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सबै महिला नै महिला हातमा सनाई, नसिङगा,ढोल झयाँम्टा, लगायतका विभिन्न नौमति बाजा लिएर यी समुह पर्दशनमा उत्रिएका थिए ।

यो कुनै किसिम्को विरोध प्रदर्शन नभएर खाली आफ्नै मौलिक महिचानको प्रर्दशन थियो । सबै महिलाहरु आफैले बाजा बजाउदै भिविन्न धुन र तालमा छमछमी नाचेका थिए । यो दृश्य देखेर बाटोमा हिड्ने यात्रीहरु छक्क परे । अहिले यस किसिमको बाजा तथा सँस्कृति लोप हुँदै गएको छ ।

यस किसिमको बाजा विशेष गरि स्वागत सत्कार, बिवाह, ब्रतवन्ध तथा अन्य शुभकार्यमा प्रयोग गर्ने गरिन्छ । हराउदै गएको नेपाली मौलिक सँस्कृति बचाउसँगै महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गरि आत्मनिभर एवम् स्वालम्बी बन्नका लागी यो समुह निमार्ण गरिएको प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख जानुका पौडेलले बताईन् । आठमार्च स—शक्तिकरण मञ्चद्वारा सञ्चालित यो नौमति बाजा समुहमा जम्मा १२ जनाको समुह रहेको प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख जानुका पौडेलले जानकारी दिइन् ।

यो समुहका सबै महिलाहरु दक्ष र अनुभवी भई सकेको समेत पौडलले बताईन् । महिला सशक्तिकरणसँगै अब कुनै पनि क्षेत्रमा महिलाहरु एक भएर अघि बढ्नु पर्ने धारणा समेत निर्देशक पौडेलले राख््नुभएको थियो । अब जस्तोसुकै समारोह, बिवाह,ब्रवन्ध,स्वागत तथा अन्य सबै किसिमको कार्यक्रममा समेत यो समुह सक्रिय रुपमा अगाडी बढी सकेको पौडेलले बताईन् । यो अभियानले अब कुनै पनि क्षेत्रमा महिलाहरु कमजोरी नभएको पुष्टि गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...