मृगौला पीडित टेकनाथ राई बचाउ अभियान कार्यक्रमको तयारी पूरा

wwwjerungfilmswwwjerungfilms 14 Sep 2018

जेरुङ फिल्मस संवाददाता,२९,भाद्र —काठमाण्डौं । दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्विस र न्यून नेपाल कम्यूनिटी सर्विसको संयुक्त आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम, हुने भएको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित भाद्र ३० गते शनिबार सो कार्यक्रम हुन लागेको हो ।
भोजपुर जिल्ला निवासी ३० वर्षीय टेकनाथ राई विगत ६ महिनादेखि ओछयानमा छन् । धरानको वि।पी। कोईराला हस्पिटले उपचार गर्न नसकेपछि राजधानीको मानव अङ्ग प्रत्यारोपन हस्पिटलमा रिफर भएका राईलाई पचास लाखको आवश्यकता परेको छ ।
विकट जिल्ला तथा सामान्य परिवारमा जन्मेका राईको आर्थिक अवस्था निकै कम्जोर भएको कारण पचास लाख नगद जम्मा गर्न गाह्रो भएको छ । यो अवस्था देखेर दाजुभाई भेन्यू एण्ड क्याटरीङ सर्भिस का प्रवन्ध निर्देशक सुमन मगर र न्यून नेपाल कम्यूनिटी सर्विसको सञ्चालिका गोमा मैनालीको पहलमा सहयोगार्थ स्वरुप यो कार्यक्रम गर्न लागीएको हो ।

सामाजिक अभियन्ता तथा गायक भीम राई यस कार्यक्रमको संयोजक रहेको छ ।  कलाकारहरुको बेजोड प्रस्तुति सहित सहयोगको लागी रु १००, ३००, ५०० र रु १००० सम्मको टिकटको समेत व्यावस्था गरिएको छ । कार्यक्रमका मुख्य आकर्षणहरु गायन, नृत्य, प्रहसन, अभिनय, गजल वाचन जस्ता रहने भएको छ ।

कलाकारहरु गायन तर्फ स्वरस्वती लामा, विनिता राई,भीम राई,एल्बी पुन मगर, सुहाङ लिम्बु, ,सुस्मिता राई तथा पछिल्लो समय निकै चर्चा कमाउन सफल वाल गायक ।मनिष लिम्बु आदी रहेका छन् ।

हाँस्यकलाकार तर्फ सुले मान शंकर इकु, सुमन मगर, तथा पछिल्लो समय हाँस्यकलाकार भएर आम दर्शकको मन जित्न सफल मन कुमार राई कुल्फी समेत रहेका छन् । मित्र कला राई र निशिका कुलुङले रोचक नृत्य प्रस्तुत गर्ने भएका छन् । न्यू नेपाल कम्यूनिटी सर्भिसका सञ्चालिका गोमा मैनालीले गजल वाचन गर्ने छिन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...