चलचित्र सायाबुङ( शिरफूल) भाद्र ३० गतेबाट प्रदर्शनमा आउदै

wwwjerungfilmswwwjerungfilms 11 Sep 2018

जेरुङ फिल्मस संवाददाता, २६,भाद्र–काठमाण्डौं । किराँती लिपी र सँस्कृतिमा आधारित चलचित्र सायाबुङ प्रर्दशनमा आउने भएको छ । द पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा बनेको चलचित्र साया राईले निमार्ण गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै भाद्र ३० गतेबाट देश तथा विदेशका विभिन्न स्थान तथा हलहरुबाट प्रर्दशन गर्ने मिति तयार भएको निमात्री साया राईले बताईन् ।

वान्तावा भाषामा साया को अर्थ सिर र बुङको अर्थ फूल,यी दुईवटा शब्द मिलेर सायाबुङ अर्थात सिरफूल यस चलचित्रको नाम रहेको छ । पहिलो प्रदर्शन किराँत राई यायोक्खाको कार्यलय कोटेश्वरबाट हुने भएको छ । यो चलचित्रमा विशेष गरि पूर्वीय पहाडी भेगमा जिवन विताइ रहेका किराँती जिवन शैली र मौलिक पहिचान समेटिएको निर्मात्री साया राईले बताइन् ।

पहाडी जिवनको बसाई र भोगाइ अनि भेषभुषा,भाषा लिपि, र हराउर्दै गएको मौलिकता चायन भएकोले यो चलचित्र निकै रोचक बनेको छ । कथा वस्तु अनुसार मिराक राईको गोठमा वालापनबाटै टुहुरो लिम्बुको छोरो बस्दै आएको र उमेर पुगेपछि वस्ति नजिकैकी किराँती छोरी सुम्निमासँगको त्रिकोणात्मक पे्रमकथा समेटिएको छ ।यो चलचित्रलाई लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । कथाले मागेअनुसारको भेषभुषा,पहिरण, सुटिङ स्थल र पात्रहरुको चरित्र चित्रन गरिएकोले चलचित्र अर्थपूर्ण बनेको निदेर्शक राईले बताए ।

सबै नयाँ अनुहारका कलाकारहरु भए पनि रोचक अभिनय भएको छ, आमदर्शले रुचाउनेमा म विश्वास्त छु, निर्देशक राईले भन्नु भयो । चलचित्रको नाम राई भाषामा राखिए पनि सबै कथाबस्तु नेपालीमा साभार गरिएको छ ।

चलचित्र निर्माणको क्रममा अनेक चुनौती र समस्याहरु आई परेपनि सुहाउदो कथावस्तु, पात्र चयन, तथा पहिचान झल्काउने मौलिक सँस्कृतिहरु समेटिएकोले यो चलिचित्र उत्कृष्ट भएको सहल्लाहकार जिवन जीत राईले बताउनु भयो ।

करिब १६ लाखमा सुटिङ सकाउने अड्कल गरिएको थिए तर,अन्तिम सम्म आई पुग्दा ३५ लाख लगानी लाग्यो,राईले भन्नु् भयो । कलाकारहरु सौजन सुब्बा, निसा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई, दिब्य आङदेङबे आदिको अभिनय रहेका छन् ।

यसमा शब्द संगीत भक्त सुनुवार र उदय नेम्वाङको रहेको छ, भने दिपक लिम्बु, रजिना रिमाल, दिपा लामा, उदय नेम्वाङ,गौरि मान राई,भगि राज राई आदीले स्वर लहरी भरेका छन् ।

देब जङ थापाको छाँयाङ्कन तथा सम्पादन रहेको चलचित्रलाई पाँचथरको फालोट,सन्दकपुर, सिलौटी, लुब्रेकोटी, र भारतको मनिपुर जस्ता रोचक स्थानहरुलाई मुख्य परिवेश बनाइएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...