मातृभाषा कसरी लेख्ने ? डा. तारामणि राई

wwwjerungfilmswwwjerungfilms 4 Sep 2018

जेरुङ फिल्मस सम्वाददाता, १७ भाद्र काठमाडौँ संविधानले देवनागरी लिपिमा लेखिने नेपालीलाई सरकारी कामकाजको भाषा मानेको भेटिएमध्ये १०३२ वर्षअघि भूपाल दामुपाल समयको दुल्लु शिलालेखलाई यो भाषाको प्राचीन दस्ताबेज मानिन्छ

नेपाली भाषाइतर अधिकांश मातृभाषाको लेख्य परम्परा भने फराकिलो हुन सकेको छैन केही मातृभाषा रोङ, सिरिजंगा, सम्भोटा, तामयिग, रञ्जना, खेमा, मिथिलाक्षर, अक्खा, कैथी ओल चिकीजस्ता लिपिमा लेखिएका छन् यी लिपि त्यति धेरै प्रचलनमा देखिँदैनन् सम्भोटा, सिरिजंगा, उर्दूजस्ता लिपि गोरखापत्रको नयाँ नेपालपृष्ठमा प्रयोग हुँदै आएका छन्

नेपालमा बोलिने अधिकांश मातृभाषा देवनागरी लिपिमै लेख्ने चलन यसो हुनुका विभिन्न कारण हुन सक्छन् पहिलो, सबै लिपि कम्प्युटर प्रविधिमा आइसकेका छैनन् भाषा विशेषका वर्णका लागि अतिरिक्त संकेत वा चिह्नलाई युनिकोडमा समायोजन गरिएका छैनन् दोस्रो, सहजताका लागि देवनागरी लिपि प्रयोग भएको हुन सक्छ

नयाँ लिपिमा अभ्यस्त हुन कमसेकम भाषा विशेषका आधारमा पाइने वर्णलाई पुरै याद गर्नुर्पर्ने हुन्छ नेपालको सन्दर्भमा एकलभाषी नीतिको लामो अभ्यासका कारण पनि मातृभाषाको लेख्य परम्परामा देवनागरी लिपि प्रयोग भएको हुनुपर्छ सामीप्य अभ्यस्त भएकाले मातृभाषी सर्जकले यही लिपिको प्रयोगलाई निरन्तरता दिएको हुन सक्छ

लेखन पद्धतिका लागि लिपिको प्रयोगभन्दा पनि भाषा विशेषका आधारमा पाइने वर्ण वा विशेषतालाई सही ढंगले लेख्य परम्परामा उतारिएको कि छैेन, महत्त्वपूर्ण हुन्छ सामान्यतया लिपिलाई साधन भाषालाई साध्य मान्ने गरिन्छ लिपि लेख्य चिह्न वा संकेत हो, जसलाई सुविधाअनुसार निर्माण गर्न सकिन्छ तर भाषालाई कृत्रिम तरिकाले निर्माण गर्न सकिँदैन भाषाको आफ्नै संरचना वा विशेषता हुने गर्छ त्यसैले लेख्य परम्परामा विकास गर्दा भाषा विशेषका आधारमा रहेका वर्णलाई ध्यान दिन जरुरी हुन्छ

कतिपय मातृभाषामा भाषावैज्ञानिक ढंगले वर्ण पहिचान नगरीकनै आफ्नो सुविधा स्वविवेकले लेखनकार्य थालेको देखिन्छ विशेषगरी मातृभाषा साहित्य सिर्जनामा यस किसिमका समस्या देखिएका छन् भाषालाई लेख्य परम्परामा विकास गर्नु पहिले त्यस भाषाको भाषावैज्ञानिक रूपले वर्ण पहिचान गर्नुपर्छ त्यसपछि कसरी लेख्ने भनेर मानकीकरणका लागि लेखन निर्देशिका तयार गर्नुपर्छ

कतिपय मातृभाषामा भएका वर्ण देवनागरीको वर्णमालामा पाइँदैनन् देवनागरी लिपिमा रहेका कतिपय वर्णमालाका लेख्य रूप मातृभाषालाई काम नलाग्ने हुन सक्छन् अतिरिक्त चिह्न प्रयोग गर्नुपर्ने हुन्छ कस्तो किसिमको अतिरिक्त चिह्न प्रयोग गर्ने भन्ने विषयमा पनि गम्भीर हुनु आवश्यक एकरूपताका लागि पनि ध्यान दिनु आवश्यक

उदाहरणका लागि वाम्बुले साम्पाङजस्ता भाषामा किरात लिपि भनेर सिरिजंगा लिपिलाई प्रयोग गर्ने गरेको देखिएको तर बान्तावा, चाम्लिङ, थुलुङ, दुमी, कोयी, कुलुङ, खालिङ आदिले देवनागरी लिपि प्रयोग गर्ने गरेका छन्

किरात राई समूहभित्रका भाषामा पाइने तर देवनागरी लिपिमा नपाइने अघोष अल्पप्राण कण्ठ्यका लागि कसैले विसर्ग (:), कसैले रेफ (’), कसैले अलाई हलन्त (अ्) कसैले अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालामा रहेको चिह्न ( ! ) प्रयोग गर्ने गरेको देखिन्छ देवनागरीमा लेखिने तर एउटै वर्णका लागि समेत चारपाँच किसिमका अतिरिक्त चिह्न प्रयोग भएको देखिन्छ वाम्बुलेजस्ता भाषामा अन्तस्फोट ध्वनि छन्

दुमी थुलुङजस्ता केही भाषामा रहेका केन्द्रीय स्वर, थुलुङ भाषामा रहेको अभिश्रुतिलाई कसरी लेख्ने भन्ने विषयमा पनि एकरूपता देखिँदैन मातृभाषामा ह्रस्व दीर्घकै अवधारणा नहुँदासमेत ह्रस्वदीर्घकै रूपमा बुझ्ने समेत समस्या देखिन्छ जोडेमोडेका शब्दलाई कसरी लेख्ने, पदयोग वियोगका लागि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या

सविधान प्रदत्त भाषा आयोगले भाषाहरूको अभिलेखीकरण गरिरहेको आर्थिक वर्ष ०७४/७५ मा केही भाषाको वर्ण निर्धारण, व्याकरण, शब्दसंकलन, शब्दकोशलगायत कार्य गरिसकेको यी सबै अभिलेख देवनागरी लिपिमै छन् अभिलेखीकरण गरिँदा लेखनपद्धतिका कुरालाई कतिको ध्यान पुर्याइएको भन्ने विषयले महत्त्व राख्छ सरकारी निकाय आफैंले भाषाहरूको अभिलेखीकरण गरिरहँदा मातृभाषीलाई भाषा आयोगप्रति अपेक्षा हुनु स्वाभाविक हो भाषा आयोगका आफ्नै सीमा छन्

लेख्य परम्परा उन्मुख मातृभाषाको सबभन्दा पहिले वर्ण निर्धारण गरिनुपर्छ धेरै भाषाको वर्ण निर्धारण भइसकेका छन् झन्डै ६४ वटा भाषाको वर्ण निर्धारण ध्वनिविज्ञान विशेषज्ञ माधवप्रसाद पोखरेलले गरिसक्नुभएको केही मातृभाषाको वर्ण निर्धारण अन्य भाषाशास्त्रीले छिटफुट रूपमा गरेका छन् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विज्ञहरूको सहयोगमा वर्ण निर्धारण गरेको

वर्ण निर्धारण जतिकै महत्त्वपूर्ण अर्को काम लेखनपद्धति वा लेख्य परम्परालाई व्यवस्थित गर्नु हो यो काम त्यति धेरै हुन सकेको छैन केही भाषाको हकमा एसआईएल इन्टरनेसनल नामक गैरसरकारी संस्थाले यो काम गरेको पाइन्छ भाषाविद्हरूको सहयोगमा केही जातीय संघसंस्थाले पनि व्यवस्थित गरेका छन् लेखन पद्धति अर्थात् लेखन निर्देशिकामा भने त्यति ध्यान पुग्न सकेको छैन लेखन पद्धतिकै क्रममा वर्णविन्यास, ह्रस्वदीर्घको अवधारण, जोडेमोडेर लेखिने शब्द, पदयोग वियोगजस्ता महत्त्वपूर्ण कुरा आउँछन् कमसेकम लेखन निर्देशिका बने एकरूपता दिन सकिने अवस्थामा पुग्न सकिन्छ

यसले अन्तत: लेख्य परम्परामा मानककीकरणका लागि सहयोग पुग्छ तर लेख्यपरम्परालाई कुन रूपमा विकास गर्ने भन्ने विषयका लागि भाषा आयोग नेपाल, त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली केन्द्रीय विभाग, पाठ्यक्रम विकास केन्द्र, सम्बन्धित जातीय वा भाषिक संस्था लेखकसर्जकको सहभागितामा बृहत्तर गोष्ठी गर्न आवश्यक सँगै मातृभाषालाई प्रविधिमैत्री बनाउन युनिकोडको व्यवस्थामा समायोजन गर्नुपर्छ

नेपाली भाषाको धरातल वा मौलिक विशेषताका आधारमा नभएर संस्कृत भाषाको वर्णमालाका आधारमा नेपाली भाषाको लेखनपद्धति विकास खोज्दा भाँडभैलो भएको थियो यस्तै समस्या मातृभाषाको लेखन पद्धतिमा पनि नआउला भन्न सकिन्न रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ भनेझैं मातृभाषाको लेख्य परम्परालाई वैज्ञानिक व्यवस्थित तुल्याउन समयमै सजग हुने कि?

लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन्

प्रकाशित : भाद्र १७, २०७५ ०८:२६  डा. तारामणि राई

स्रोतः कान्तिपुर

 

 

 

 

 

 

Kidney  replantation#  Help for Taknatha Rai ….. 

o;/L ?b}5 . ljsnrf]ssf] lkknaf]6 . k’vf{sf] wd{ xfd|f] sd{ o:t}5 .

 

भूपु लाहुरेको सफलताको कथा

बेलायतको भिसा छाडेर खोला किनारमा रोजगारीको ढोका उघार्दै भूपु लाहुरे !

उजिर कार्की  भदौ १२, २०७५

बेलायतको भिसा छाडेर खोला किनारमा रोजगारीको ढोका उघार्दै भूपु लाहुरे !

कास्कीब्रिटिस लाहुरेका भुपू क्याप्टेन मोहनकुमार गुरुङको बाल्यकाल सम्झन रहर लाग्दो छैन।त्यो टुहुरो बाल्यकाल नरमाइलो त  छैन नै, बिर्सिन सक्ने पनि छैन।

ओखलढुंगाको रुम्जाटारमा तीन वर्षको हुँदै आमाको काख खोसियो। त्यसपछि बुबाको मात्रै सहारामा केही वर्ष घिस्रियो मोहनको बाल्यकाल। त्यो पनि ९ वर्षको हुन्जेल मात्रै। त्यसपछि बुबाको पनि साथ टुट्यो। बुवा पनि बिते मोहनलाई एक्लै छाडेर।

बाबुआमा गुमाएका मोहनको सहारा कोही भएनन्।त्यसपछि छ्यामाले (सानिआमा) बेलायत लगिन्, आफ्नै सन्तानको कागजात बनाएर। काका (सानोबुवा) बेलायतमै लाहुरे थिए। उनका सबै परिवार उतै बस्थे। त्यहि परिवारमा मिसिए मोहन पनि। कक्षा ९ सम्मको शिक्षा बेलायतमै लिए छ्यामासँग पल्टनमै बसेर।

त्यतिबेला ब्रिटिस लाहुरे लाग्न ८/९ कक्षा पढे पुग्थ्यो। त्यसपछि छनोटमा भाग लिन पाइन्थ्यो। मोहनको पनि योग्यता भने पुगेको थियो। सम्वनाका ढोकाहरु खुल्दै गए।

१८ वर्षको भएपछि मलेसियाको सुगाई पटानीबाट मोहन लाहुरे लागे। शारिरीक रुपमा फिट भए र न्युनतम योग्यता पुगेकालाई लाहुरे लाग्न गाह्रो थिएन त्यतिबेला। त्यही मौकामा लाहुरे भए मोहन।

त्यसपछि थाहा भयो बाहिर चलेको हल्ला जस्तो रहेनछ लहुरे जीवन। हुनत उनले बन्दुक बोकेर भीड्न जानु परेन, अहिलेकाले जस्तो डोको बोकेर कुद्नु परेन। र पनि सजिलो भने भएन। मोहनको डियुटी इन्जिनियरपटि पर्‍यो।

बेलायतका धेरै बाटा, पुल अनि घरहरु बनाउने डिजाइन गरे। फिजी, क्यानडा, आएरल्याण्ड गएर तालिम गरे।उनको बढुवा हुँदै गयो र बोज घट्दै गयो। लाहुरेमाचाहिँ त्यस्तो हुँदो रहेछ, माथिल्लो पोष्टमा पुगेपछि धेरै सजिलो हुँदो जाने।

मोहन पनि बढुवा हुँदै जाँदा डियुटी सहज हुँदै गयो। ३२ वर्ष बेलायती सेनाको जागिर खाँदा क्याप्टेन सम्म भए।त्यसपछि क्याप्टेनमै रिटायर भए मोहन। लाहुरे हुँदै विवाह गरे। दुई जना छोरा छोरी छन्। उनीहरु पनि बेलायतमै स्थापित भए। छोरीज्वाईं र छोरा बुहारी अहिले बेलायतमै जागिरे छन्। तर मोहनका दम्पत्ति भने नेपाल फर्किए।

खोलाको किनारमा भुपु लाहुरेको जीन्दगी !

ब्रिटिस लाहुरेको हुँदाको कमाइले काठमाडौँमा घर बनाएका थिए। क्याप्टेनको पेन्सले काठमाडौँको त्यही घरमा उनको परिवार चलाउन गाह्रो थिएन।
तर भुपू क्याप्टेन नेपाल फर्किएपछि पनि काठमाडौँ बसेनन्।

श्रीमतीलाई एक्लै छाडेर लागे काँस्कीको भुर्जुङखोला ३, मूलखेततिर। त्यहाँ ११ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिए। पहिले लाहुरे हुँदै इन्जिनियर बनेका मोहनले नेपाल फर्किएपछि ट्राउटमाछा पालनको तालिम गरे, त्रिशूलीमा।

पोखरीको आवश्यक संरचना बनाउन पनि आफैँ डिजाइन गरे। उनको अभियानलाई कृषि अनुसन्धान परिषद् नार्कले पनि सहयोग गर्‍यो। अनि रेन्बो ट्राउट फर्ममा माछा पाल्न थाले। बेलायत र काठमाडौँ छाडेर कास्कीको भूर्जुङखोला किनारमा पुगेका मोहनलाई परिवारले भने बेलायतमा नबसेपनि काठमाडौँमा बस्न आग्रह गरेका थिए। तर मोहन मानेनन्। हातखुट्टा चलुन्जेल केही गर्ने हुटहुटी छ, उनलाई।

मान्छेहरु आज पनि रोजगारी पाइएन भनेर वैदेशिक रोजगारीमा गइरहेका छन्। तर उनलाई बेरोजगार भएर मात्रै वैदेशिक रोजगारीमा गएका हुन् जस्तो लाग्दैन। खट्ने हो भने नेपालमा नै प्रशस्त सम्भावना देख्छन् उनी।

 

तारामणि राई

 

मातृभाषा कसरी लेख्ने?

भाद्र १७, २०७५ तारामणि राई

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...