मृगौला पिडीत टेक नाथ राईलाई अप्रेसनको लागी पचास् लाखको खाँचो, स्वास्थ्य स्थिति झन कमजोर हुँदै ( भिडियो सहित )

wwwjerungfilmswwwjerungfilms 1 Sep 2018

 

जेरुङ समाचार संवाददाता,१६,भदौ—भक्तपूर । भोजपूर जील्ला निवासी ३० बर्षीय टेक नाथ राई स्वास्थ्या उपचारका लागी नगद पचास हजार आश्वयक पर्ने भएको छ । दुवै मृगौला फेन भएपछि तत्काल अप्रेसन गर्नु पर्ने डाक्टरले सुजाएको छ । तर आर्थिक अवस्था निकै कमजोर भएको राईले रु पचास लाख जुटाउन धौ धौ भएको छ । केही समयदेखि मृगौलाले काम गर्न छोडे पछि राई थला पर्दै आएका छन् । सामान्य परिवारमा जन्मेका राईको आर्थिक अवस्था निकै कमजोर रहेको परिवार स्रोत बताउछन् ।

उहाँको सहयोगार्थ स्वरुप गत साउन महिनाको ५ गते गणेश क्रिएशन प्रा।ली।को प्रस्तुतिमा भीम राईको रियाज एल्वम् विमोचनसँगै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमबाट संकलीत ५०,००० रकम मृगौला पिडीत राईको आफ्नै कोठा भक्तपुर स्थित गएर कुशल गायक भीम राई र कलाकार तथा समाज सेवी सुमन मगरले हस्तान्तरण गरेका छन् ।

आफूहरुले सोचेजस्तो कार्यक्रम नभएको र अपेक्षा अनुसार सहयोग उठाउन नसकेकोले रकम वितरण गर्न ढिलाई भएको गायक भीम राईले बताउनु भयो । ढिलै भएपनि जति उठेको रकम पीडीतलाई दिन पाउदा निकै खुशी महसुश भएको समेत उहाँले बताउनु भयो । अझै अरु कार्यक्रम गरेर रकम जम्मा गर्ने राइले बताए । शिक्षण पेशामा आबद्ध हुदै आएका राई विगत ६ महिनादेखि पूर्ण रुपमा थला परिसेका छन् । धरानको बि।पि। कोइरा हस्पिटलमा चेकअप गराउदा सम्भव नभए पछि राजधानी काठमान्डौ स्थित मानब अङ्ग प्रत्यारोपन हस्पिटलमा रिफर गराएका थिए ।

प्रत्यारोपन हस्पिटलले चेकअप पछि करिब ५० लाख रुपैया लाग्ने बताए । अहिले पीडित परिवार पचाँस लाखको अभावमा अक्क न मक्क भएका छन् । धरानको बि।पि। कोइरा हस्पिटलमा बस्दा करिब ४ लाख रुपैया सकीसकेको र काठमान्डौ आएर बस्दा र हस्पिटलहरु धउदा करिब १२ लाख जस्तो खर्च भई सकेको श्रमति प्रेम कुमारी राईले कलाखरलाई बताईन् ।

सहयोगी दाता तथा आफन्त जनहरुबाट उठेको करिब तीन लाख जति रकम मात्र आफूहरुसँग भएको र जून रकमले सम्भव नभए पछि अप्रेसन गर्न ढिलाई भएको समेत राईले बताईन् । आफ्नो यो हालत देखेर तनमन र बचनले सहयोग गर्दै आउनु भएका भीम राई र सुमन मगरलाई पीडित टेक नाथ राई तथा श्रीमति प्रेम कुमारी राईले धन्यबाद समेत ब्यक्त गरेका थिए ।

लामो समय देखि कलाकारिता जगतसँगै समाजसेवामा होमिनु भएका सुन मगरले अघिल्लो कार्यक्रमबाट सन्तोषजनक रकम उठाउन नसके पनि आगामी कार्यक्रमबाट सक्दो राम्रो गर्ने बताउनु भयो । तनमन र सहयोगी भावनाले सबै लाग्यो ५० लाख रुपैया जुटाउन कुनै गाह्रो नभएको समेत उहाँले बताउनु भयो ।

अबको कार्यक्रम आफ्नै हल दाजुभाई क्याँफेमा आकर्षक ढङगबाट करिब यहि भदौ महिनाको अन्तिम तिर गर्ने पनि उहाँले बताउनु भयो । कोही सहयोगी दाताहरु हुनुहुन्छ भने निम्न ठेगाना र नम्बरमा सम्पर्क गरि कृषि विकास बैङ्कमा रहेको पिडीतकै खाता नं ०२१२२०१२४६५१६०११ मा आफ्नो ईच्छा अनुसारको रकम जम्मा गर्न सक्नु हुन्छ ।

जसका लागी सम्पर्क न। रहेको छ,
प्रेम कुमारी राई ः ९८१९३९५२०५
ः ९८०४३५३५८४
सुमन मगर ः ९८४१०३६८९२
भीम राई ः ९८४३६५९८५८

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...