नौ बर्षको गायक मनिष किन यसरी एकाएक मिडियामा चर्चा ? भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 1 Sep 2018

 

जेरुङ फिल्मस संवाददाता,१६,भदौ—काठमाण्डौं । पछिल्लो समय वालक गायक मनिष लिम्बुको मिडियामा एकाएक चर्चा चुलिएको छ । समान्य परिवारमा पूर्वीय नेपालको पाँचथर जिल्लामा जन्मेका लिम्बु सानै उमेरमा सेलीबे्रटी बनी सकेका छन् ।

करिब एक महिना अगाडी गायक तथा संगीतकार सुहाङ लिम्बुको साथमा गीत रेकर्ड गर्न काठमाण्डौं आएका मनिष यतिखेर मिडियामा ब्याईनब्याइ छन् । उनी दिनहु १० देखि १५ वटा मिडियाहरुमा अन्तवार्ता दिन ब्यस्त छन् ।

गीत संगीत कही कतैपनि नसिकेका वाल गायकको आवाज सुन्दा आम दर्शक पनि अचम्बित भएका छन् । भगवाको बरदान नै साबित भएको सबैको आँकल छ । मिडियामा अन्तावार्ता दिदा पनि उल्टै मिडियाकर्मीलाई नै अचम्बित पार्ने क्षमता उनमा रहेको छ ।

हसिलो , रसिलो अनि जोशिलो तरिकाले कुनै प्रोफेनशल पाराले निर्धक्क अन्तवार्ता दिन्छन् । जुनसुकै गायक, गायीकाहरुको जस्तोसुकै गीतलाई पनि मज्जाले सुर र ताल मिलाएर गाउन सक्ने खुबी उनमा रहेको छ । बिशेष गरि अहिले मेलीना राईको नामलाई जोडेर आफ्नै शब्दमा रोचक कमेडी गीत गाउने गर्छन् ।

उनी मज्जाले ठूलै उमेरका मान्छेहरु जस्तै गरि जोक्स पनि गर्छन् । मनिषको गला, कला र प्रतिभा देखेर सबै अचम्म मान्छन् । मेलीना राई र आफनो बिहे गर्ने प्रशङ्ग उठाउँदै आम दर्शक तथा मिडिया कर्मीहरुलाई हशाउने गर्छन् ।

भर्खरै मात्र सुहाङ लिम्बुको शब्द संगीतमा “ म मेरो देशलाई बचाउन अधि बढ्ने छु,यी साना हातले इतिहास कोर्नेछ ” बोल्को आफ्नो एकल गीत रेकर्ड गरि सकेका छन् । जुन गीतको केहि क्लिपस् तथा रोचक अन्तर्वाता हेर्न तलको भिडियोमा क्लिक गर्नु होला ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...