नरेन्द्र मोदीको आगमनले राजधानी प्रभावित  देशै भरका उडान ठप्प, भए पछि यात्रुहरुको बिचल्ली

wwwjerungfilmswwwjerungfilms 30 Aug 2018

जेरुङ फिल्मस् संवाददाता,१४,भदौ – काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले काठमाडौंका सबै सवारी साधन तथा हवाई उडान समेत ठप्प भएका छन् । बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन मोदी विहीबार दिउँसो त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

मोदी आउँदा दुईघण्टासम्म देशैभरीका उडान सबै उडान समेत बन्द गरिएका थिए । शैक्षिक संस्थालाई सार्वजनिक विदा दिएको सरकारले सार्वजनिक सवारी पनि जोर–विजोर चलाउन लगाएको छ । सार्वजनिक यातायातका साधन नभएका कारण यात्रुहरु पैदल हिड्न बाध्य भएका थिए ।

मोदीको सवारीलाई मध्यनजर गर्दै सर्वसाधारणलाई पनि प्रहरीले सडकमै रोकिएका थिए ।
१४ र १५ गते काठकाडौंमा हुन लागेको चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु काठमाडौं आएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा विहीबार बिहान ८ बजेदेखि साढे १० बजेसम्म उडान अवतरण रोकिएको थियो । दुईघण्टा विमानस्थल बन्द हुँदा पोखरा, बिराटनगर, भरतपुरलगायतका क्षेत्रीय विमानस्थलहरु पनि प्रभावित भएका थिए । काठमाडौँमा जस्तै देशैभरिका हवाई यात्रुहरु प्रभावित बनेका थिए । कडा सुरक्षाको पहरासँगै हवाई गस्ती समेत गरेका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...