घर छोडेको दिन र बा को फाटेको चप्पल !! अवश्य पढ्नुस !! नपढे पछुतो हुनेछ !! मात्र २ मिनेट समय दिनुस

wwwjerungfilmswwwjerungfilms 26 Aug 2018

म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् ।

 

जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु ? आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको चप्पल लगाएर हिँडेको रहेछु ।

मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।जब म बस पक्रन बस स्टेसन तर्फ लम्किदैँ थिएँ तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।

 अलि पर पुगेर चप्पल खोलेर हेर्दा केहि च्यातिएको र च्यतियको ठाँउ मा काटि ले खोपी पोड्का को सरो ले बाधी गाठो रहेको थियो र साना साना प्वालहरु पनि थिए । स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ ।

पर्समा 20 हजारको बिल रहेछ जुन मलाई बुवाले लसाम्सुङ मोबाइल किन्नका लागी ॠण लिएका थिए । अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो भोलिदेखीchचप्पल होइन जुत्ता लगाएर अफिस आउनु ।

अनि मैले सम्झेँ कि जब आमाले बुवालाई जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे यो चप्पल अझ ५ /७ महिनासम्म टिक्छ ।’ अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेररहेछ । बुवाले मलाई ल्यापटप किन्न का लागी आफ्नो बाइक नै नै बेचेका रहेछन् । 

तब म आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैलाई सम्हाल्नै सकिन्न । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ बुवा, अब मलाई ल्यापटप चाहिँदैन ।’ म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको लचप्पल लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन त निक्कै गार्हो भएर पो रहेछ । 

राजन बस्नेत
चरिकोट , दोलखा
१० औं लघुकथा दिवस  ; स्रोतः ताजा रिपोर्ट 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...