गोसाइँकुण्ड मेलाको तीव्र तयारी हुँदै
जेरुङ फिल्मस सम्वाददाता ८,भदौ–काठमान्डौं । आगामी भदौ १० गते लाग्ने गोसाइँकुण्ड मेलाको तीव्र रुपमा भई रहेको छ । व्यवस्थित रूपले मेला सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन भएका छन् ।
हरेक वर्षझैं यस वर्ष पनि जनैपूर्णिमामा गोसाइँकुण्डमा लाग्ने मेला व्यवस्थित गर्न गोसाइँकुण्डमा क्षेत्र विकास समितिले स्वास्थ्य, सरसफाइ, दर निर्धारण, आर्थिक व्यवस्थापन, वातावरण प्रचारप्रसार समेतका नौ उपसमिति गठन गरेको हो।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जिन्दगीमा एक पटक भए पनि गोसाइँकुण्ड जानै पर्ने धार्मिक मान्यता रहेको बताउनु भयो । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको गोसाइँकुण्डमा यस वर्ष १५ हजार भक्तजनको आगमन हुने अनुमान गरिएको छ ।
पैदलमार्गीका लागि काठमाडौं( त्रिशूली बजार(धुञ्चे, सुन्दरीजल–हेलम्बु र काठमाडौं–नर्जा–यार्सा जस्ता रूट छन् भने काठमाडौं–धुञ्चेसम्म एउटा मात्र मोटर बाटो छ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार स्थायी होटल कम भएकाले यथेष्ट रूपमा अस्थायी छाप्राको निर्माण गरी भक्तजनलाई भोजन र बासस्थानका लागि पूर्वतयारीमा रहन व्यवसायीलाई आग्रह गरेको छ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रसुवाको अगुवाइमा हिमालय उद्धार संघलगायत विभिन्न संस्थाले प्राथमिक उपचारको प्रबन्ध मिलाउने समितिका अध्यक्ष डिएमले बताए ।
पौराणिक कथन अनुसार समुद्रमन्थन गर्दा कालकूट विष निस्केको र त्यसले संसार नष्ट गर्ने भयले देवताहरूको आग्रहमा महादेवले सो विष पिएका थिए। विषको असरले डाहा भएपछि शीतलता खोज्दै शङ्करले गोसाइँकुण्डमा विश्राम लिएको मान्यता अनुसार हरेक वर्ष दशहरा र जनैपूर्णिमामा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान गरेर पूजाराधना गर्ने चलन छ।
जनै पूर्णिमाको दिन सम्पूर्ण देवदेवताले कुण्डमा बास लिने मान्यता छ। सो दिन कुण्डमा स्नान गरी पूजाआजा गर्नाले रोगव्याधी हट्ने तथा सुखशान्ति मिल्ने धार्मिक विश्वास रहेको पुरोहित टंकप्रसाद ढकालले बताए ।
भाद्र शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा गई पूजा आराधना र पितृ तर्पण गर्नाले दिवङ्गत पितृको आत्मालाई शान्ति मिल्ने विश्वास समेत रहिआएको छ ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...