आदिवासी चेलीहरुलाई आङकाजीको ८ प्रश्न रातो साडी लगाएर तीजमा नाच्ने
जेरुङ फिल्मस सम्वाददाता, ७ भाद्र काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव अाङकाजी शेर्पाले आदिवासी समुदायका चेलीहरु माथि ८ बुँदे प्रश्न गरेका छन् ।
आउदै गरेको हिन्दू नारीहरुको तिज पर्वलाई लक्षित गर्दै आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउनु भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरेजस्तो भएन र ? भन्दै उनले प्रश्न गरेका छन् ।
रातो साडीमा सजिएर तीजमा कम्मर भाचीभाची नाच्ने आदिवासी चेलीहरुमाथी आङकाजी शेर्पाको ८ प्रश्नको झटारो यस्ताे छ ।
(१) तपाईहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय क्षति पुग्छ भन्ने हेक्का छ कि छैन ?
(२) आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउनु भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरे जस्तो भएन र ?
(३) २५० बर्षदेखि हिन्दुकरणको शोषण र दमनका कारण लोप हुने अवस्थामा पुगेका हाम्रा चाडपर्वहरुलाई संरक्षण र विकास गर्नुकाे सट्टा अरुको चाडपर्व मनाउदा हाम्रा चाडपर्वहरु अस्तित्व समाप्त हुदैन र ?
(४) तीज आदिवासी जनजातिहरुको चाड होइन । रातो साडी लगाएर तपाईहरू नाच्दा तपाईका शन्तानहरुमा कस्तो प्रभाव पर्ला ?
(५) आदिवासीहरूलाई नाक थेप्चे र ऑखा चिम्से भयो भनेर फिल्ममा नखेलाउने तर तीजको गीती एल्बममा पैसा दिएर आदिवासी कलकारलाई नचाएर गाउँका सिधासाधा आदिवासीहरू महिलाहरूलाई तीज मनाउन लगाउने षड्यन्त्र हाे भन्ने थाहा छ कि छैन ?
(६) सामाजिक सदभावको नाममा तीजमा हामी आदिवासी नाच्छौ तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजामा बाहुनीहरू नाच्न आएको देख्नु भएको छ ? फाेटाे छ भने देखाउनुस त ?
(८) माथीका सबै कुरा बुझ्नेहरू…श्रीखण्ड !
आधी बुझ्नेहरू …खुर्पाकाे बीड !
केहि पनि नबुझ्नेहरू ………. !
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...