जनप्रतिनिधिकै मिलेमत्तोमा फर्जी कागजात बनाई योजना फरफारक कागजी विकासको एउटा नमुना

wwwjerungfilmswwwjerungfilms 22 Aug 2018

 

एसबी जेरो, ६  भाद्र,  सुनकोशी गाउँपालिकाले अचम्म लाग्दो बिकास गरेकोछ । पम्प सेट गाड्ने योजना कागजमा निमार्ण सम्पन्न भएको देखाएर ५ लाख रुपैया भुक्तानी लिने काम भएको छ । ओखलढुगांमा भएको कागजी विकासको एउटा नमुना ।

   

 

ओखलढुंगा- सुनकोशी गाउँपालिका ओखलढुंगामा कामै नगरी काम सम्पन्न गरेको कागज तयार पारी योजना फरफारक गरेको पाईएको छ । जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा कामै नगरी योजना सम्पन्न गरेको कागज बनाएर योजनाको रकम निकासा गरेको पाईएको हो । सनुकोशी गाउँपालिका वाड नंं. १ ढेबुवामा पम्पसेट निर्माण गर्ने योजनाको सबै काम नगरि फरफारक गरिएको छ ।
५ लाखको उक्त योजनाको काम पुरा नगरी डुवुवा पम्प सेट खरिद निर्माण उपभोक्ता समितीले काम सम्पन्न भएको कागज बनाएको छ । १ नं. वडाले पनि काम सम्पन्न भएको भनि गाउँपालिकामा सिफारिस गरेको छ । योजनाको सम्पुर्ण काम प्राविधिकको स्टिमेट अनुसार पुराभएको, अनुगमनका क्रममा पाईएको भन्ने व्यहोरा कार्यबाहक वडाअध्यक्ष शहदेव गिरीले हस्ताक्षर गरि गाउँपालिकालाई लेखिएको सिफारिस पत्रमा उल्लेख छ । यही पत्रको आधारमा गाउँपालिकाले योजनाको सम्पुर्ण रकम उपभोक्ता समितीलाई निकासा दिईसकेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी मिती २०७४ चैत्र १५ गते गाउँपालिकामा योजना सम्झौता भएको थियो । काम सुरु गर्न समितिले सम्झौता लगतै १ लाख ६५ हजार प्रथम किस्ता रकम निकासा लिएको थियो । आथिर्क वर्ष सकिन तीन महिना बाँकीहुदा सम्म दुर्गाहरी राईको अध्यक्षतामा बनेको उपभोक्ता समितीले योजनाको कुनै काम गरेन ।
काम नगरी आर्थिक वर्ष सकिनै लागेपछि अन्तिम किस्ता रकम रु ३ लाख ३५ हजार निकासा लिनका लागि योजना सम्पन्न प्रतिवेदन, सार्वजनिक सुनुवाई लगायत अनुगमन समितीको मुल्यांकन सहितको झुटो विवरण तयार पारी रकम निकासा गरिएको छ । वडा कार्यालयले उपभोक्ता समितिले बनाएको विवरणकै आधारमा मात्रै स्थलगत अनुगमन नगरी योजना सम्पन्न भएको सिफारिस गरेको छ । चलानी नं. ३५२ को पत्रमा कार्याबाहक वडा अध्यक्ष शहदेव गिरीले हस्ताक्षर गरि सबै काम सकिएको व्याहोरा जानकारी गराउँदै अन्तिम किस्ता निकासाका लागि सिफरिस गरेका छन् । उनले हस्ताक्षर गरेको सिफारीस पत्रमा प्राविधीकको स्टिमेट अनुसार काम सम्पन्न भई प्राविधिक मुल्यांकन समेत भएको उल्लेख छ । पत्रमा योजना स्थलको फोटो समेत संलग्न गरिएको छ भनि उल्लेख गरिएको भए पनि योजना स्थलमा भने अहिले सम्म सामान खरिद गरेर एक व्यक्तिको घरमा राखिएको बोहक अन्य कुनै काम भएको छैन ।
पम्प सेट निर्माणका लागि आवश्यक सामाग्री मात्र केही हप्ता अघि ढेबुवा घाट माझि गाउँमा ल्याईएको गाउँले बताउछन् । अहिले ति सामाग्रीहरु स्थानिय पुर्णबहादुर माझिको नयाँ बनेको घरमा स्टोर गरिएको छ । सोलार पाता, नदिको पानी तान्ने पम्प सेट, सोलार ईन्भर्टर, ६३ एमएमको तीन सय मिटर प्लाष्टीक पाईप र जीआई पाईपका टुक्राहरु ल्याईएको छ । तर जडान गरिएको छैन । डुवुवा पम्प सेट खरिद निर्माण उपभोक्ता समितिले गाउँपालिका बाट विनियोजन गरिएको कुल बजेट भन्दा ५६ हजार ६ सय ३८ बढि रकमको सामाग्री खरिद गरि ल्याएको छ । न्यु श्रेष्ठ मेसेनरी कन्सर्न नक्साल काठमाण्डौबाट उक्त सामाग्री खरिद गरि ल्याईएको हो । सामान खरिदमा मात्र भ्याट सहित रु ५ लाख ५६ हजार ६ सय ३८ रुपैयाँ खर्च भएको देखिन्छ ।

यसरी गरियो, फर्जिनिर्णय
दुर्गाहरी राईको अध्यक्षतामा रहेको डुबुवा पम्प सेट खरिद निर्माण समितिले योजनाको नाममा हुँदै नभएको सार्वजनिक सुनुवाई र योजना सम्पन्न प्रतिवेदन लगायतका फर्जिकागजात २०७५ साल असार महिनामै बनाईयो । अध्यक्ष राईले गाउँकार्यपालिकामा पेश गरेको आफ्नो सार्वजनिक सुनुवाई प्रतिवेदनमा लोपोन्मुख माझि बस्ती ढेबुवामा पम्प सेट निर्माण पश्चात लावान्वीत भएको उल्लेख गरेका छन् । ढेबुवाका २०३० घर परिवार खानेपानी बाट लाभान्वित भएसँगै खानेपानी समस्या समधान भएको र यहाँका माझिहरुले तरकारी खेती गर्न थालेको समेत प्रतिवेदनमा उल्लेख छ । तर गाँउमा योजनाको काम पनि नभएको र सार्वजनिक सुनुवाई भएको बारेमा आफुहरुलाई जानकारी नभएको स्थानीय बताउँछन् । खै हाम्रो गाउँमा त्यस्तो त केही भएको थाहा छैन, पानीका लागि भनेर सामान चाँही ल्याएर राखिएको छ ।एक स्थानीय अगुवाले भने ।
अनुगमन समितिले पनि बन्दै नबनेको योजना सम्पन्न भएको भनेर सिफारीस दिएको छ । अनुगमन समितिका संयोजक टालबाबु राईको अध्यक्षतामा असार १४ गते अनुगमन समितिको बैठक बसेको थियो । अनुगमन समितिको माईनोटमा डुबुवा पम्प सेट खरिद निर्माण योजना प्राविधीक स्टिेमेट अनुसारनै सम्पन्न भएको जनाएको छ । प्राविधिक स्टेमेट अनुसार काम सम्पन्न भएको छ, योजना पारदर्शी रहेकाले सबै एकमुस्ट रकम निकासाका लागि अनुरोध गर्ने निर्णय गरियो ।अनुगमन समितिको बैठक निर्णयमा उल्लेख छ । योजनाको अनुगमन गरेझै गरी अनुमगन समितिको बैठकले प्राविधीकको स्टिमेट अनुसार पारदर्शी ढंगबाट पम्प सेट निर्माण भएको उल्लेख गर्दै योजनाको फरफारक र बाँकी सम्पुर्ण रकम निकासाका लागि निर्णय गरेको छ । यो पनि फर्जि हो ।
असार १४ गते नै योजनाको सम्पुर्ण काम सम्पन्न भएको भन्दै सार्वजनिक सुनुवाई गरिएको अर्को झुटो विवरणको कागज बनाईको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा २५ जनाको उपस्थिती भएको देखाइएको छ । उक्त सार्वजनिक सुनुवाईमा ढेबुवाका आठ जना माझिहरुको पनी उपस्थिती रहेको देखाईएको छ । रविन माझि, कुमारी माझि, सविन माझि, डिल्लीमान माझि, रहबहादुर माझि, माईतीमाया माझि, पुर्ण बहादुर माझि र धन बहादुर माझिको उपस्थिती देखाईएको छ ।
उनीहरुको नाम र उपस्थितीमा हस्ताक्षर समेत गरिएको छ । यस विषयमा उनिहरुले भने गाउँमा कुनै सार्वजानिक सुनुवाई नभएको र आफुहरु कोही सहभागि नभएको बताएका छन् । स्थानिय रहबहादुर माझिका अनुसार सामान झार्ने बेलामा बाहेक अरुबेला आफुहरु भेला नभएको बताए । रहबहादुर भन्छन् आफु सहित रविन माझि, सविन माझि, डिल्लीमान माझि, पुर्ण बहादुर माझि र धन बहादुर माझि दैनिक ज्याला दारिका लागि अधिकांश समय गाउँ बाहिर जान्छौ, कुनै बैठकको बारेमा हामिलाई थाहा छैन ।

जनप्रतिनिधि र कर्मचारीकै मिलेमत्तो
योजनाको सत्य तथ्य अनुगमन नगरी वडा कार्यालयले गैरजिम्मेवार हिसाबले कामै नभएको योजना सम्पन्न भएको सिफारीस गरेको छ । यसमा वडाका जनप्रतिनिधि र कर्मचारी पनि संलग्न छन् । योजनाका विषयमा प्राविधिक सहायक पेशलकुमार अधिकारीले तयार पारेको कार्य सम्पन्न प्रतिवेदन र कार्यबाहक वडाअध्यक्ष गिरीले गरेको सिफारिस गैरजिम्मेवारीको नमुना हो । कामै नभएको योजना सम्पन्न भएको भनि रचिएको खेलमा गाउँपालिका ईन्जीनियरको समेत संलग्नता देखिन्छ ।
सुनकोशी गाउँपालिका वाड नं. १ का वडा सचिव तथा प्राविधीक सहायक अधिकारीले योजनाको कार्य सम्पन्न प्रतिवेदन तयार पारेका हुन् । उनले बनाएको प्रतिवेदनमा कुल रु ५ लाख ८१ हजार २ सय ६८ को लागतमा कार्य सम्पन्न भएको प्रमाणित गरेका छन् । २०७५ असार १५ गते वडाले गरेको सिफारिस पत्रमा आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न भएको डुबुवा पम्पसेट खरिद निर्माण योजना नं. ८ प्राविधिक स्टमेट अनुसार कार्यसम्पन्न भई प्राविधिक मुल्याङ्कन समेत भएको हुँदा, उक्त योजना मिती २०७४ चैत्र १५ गते सुनकोशी गाउँपालिका मुलखर्कमा सम्झौता गरी प्रथम किस्ता रकम निकासा भईसकेको र अन्तिम किस्ता रकम रु ३ लाख ३५ हजार निकासा गरिदिनुहुन आवश्यक विल भरपाई, डोरहाजिरी फारम, प्राविधिक मुल्याङ्कन, साथै उपभोक्ता समितीको निर्णय र योजना स्थलको फोटो संलग्न राखी सिफारिस गरिएको छ ।भनि उल्लेख गरेको छ ।

यस्तो छ,माझि समुदायको अवस्था
सुनकोशी गाउँपालिका वाड नं. १ का माझिहरुलाई खानेपानीको समस्या छ । नौ वर्ष देखी सुनकोशी नदीको पानी खाईरहेका छन् । हिउँदमा नदि संलिए पनी वर्खाको समयमा उनिहरु धमिलै पानी पिउछन् । वर्खामा नदिको पानी अलि बढी दुषित संगै दुरगन्धित हुने गरेको नदिको धमिलो पानी गाग्ग्रीमा भर्दे गरेकी माईती माझिले बताईन् । पहिले पहिले त हामिलाई पानीले रोग लाग्थोफिस्स हास्दै उनी भन्छिन अबत पचि सक्यो ।शुद्ध खानेपानी खान पाए हुन्थ्यो जस्तो लाग्दैन भन्ने हाम्रो प्रश्नमा उनले भनिन् मन लाग्छ नी कसले ल्याई दिन्छ ? हामी गरिव लाई कस्ले हेर्छ ? आफैले ल्याउन हामी संग पैसा छैन ।कुरा गर्देजादा पानी कति फोहोर छ भनी माईतीले भरेको गाग्ग्रीमा तैरीएको बालुवा र धमिलो माटोको कणहरुले प्रष्ट्याथ्यो । सुनकोशीको धमिलो पानी पिउनु ६० वर्ष कटेकी माईतीको मात्र बाध्यता होईन । डेबुवामा रहेका सातै घरका माझिहरुको बाध्यता हो । उनीहरु खानेपानिको वैकल्पीक श्रोतको व्यवस्था नभएका कारण सुनकोशीको धमिलो पानी पिउछन् । ढेबुवामा मात्र सात घर माझि समुदायको बसोवास छ । महिला, पुरुष, वृद्धवृद्धा र युवा बालवालिका गरि ६२ जनसंख्या छ । प्रसस्त खेतीबारी छैन अर्काको जग्गा कजाउँछन् । यहाँका अधिकांश पुरुषहरु दैनिक ज्याला मजदुरी गर्छन् ।  

   सभारः भिजन एफ. एम.

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...