विनिता राईले यो बैश लैजा भने पछि मच्यिो होङगामा भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 21 Aug 2018

जेरुङ फिल्मस् संवाददाता,५,भदौ—फर्पिङ । गायिका विनिता राईले लैजा लैजा यो बैश लैजा बोल्को रोचक भिडियो बजारमा ल्याएकी छिन । लोक प्रीय तथा निकै चर्चित गायीका राई सानै उमेरदेखि गीत संगीत क्षेत्रमा लागेकी हुन् । भर्खरै मात्र बजारमा ल्याउन सफल लैजा लैंजा यो बैश लैजा बोलको पप आईटम म्यूजिक भिडियो आम दर्शक स्रोताको लागी रोचक बनेको छ ।

आम दर्शक स्रोताको निकै मन छुन सफल यो भिडियो बजारमा व्यापक चर्चा कमाउन समेत सफल भएको छ । गीत संगीत क्षेत्रमा ख्याति कमाउन सफल संगीतकार तथा गायक डिबि तामाङको शब्द तथा सनाम पुरुष राई को संगीत रहेको यो भिडियोमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले रोचक अभिनय गरेका छन् ।

हाइलाईट्स नेपालको युटयूब च्यानलमा अपलोड गरेको यो भिडियोले छोटो समयमा नै धेरै आम दर्शकको मन छुन सफल भएको छ । युवा युगल जोडिबीचको आपसी माया पे्रम प्रशंग अनि बैशालु उमेर सँगै युवायुवतिमा चढ्न थालेको यथार्थता यस भिडियोमा समाबेश गरिएको ।

करिब दुई सयको हाराहारीमा विभिन्न भाकामा समेत आवाज भरी सकेकी गायिका राईले यस पाली भने छुट्टै गीत बजारमा ल्याएकी छिन् । युवाहरुको मन छुन सफल यो भिडियोले बजार पाउछ भन्नेमा विश्वस्त रहेको गायिका राईले जेरुङ फिल्मसलाई बताइन् ।

यो भिडियोलाई निश्चल के.सी. ले निर्देशन गरेका छन् भने विक्रम कार्कीले छाँयाङ्कन गरेका छन् । सुबास कुथुमी राईले दिएको ¥याप र सरोज क्ुवँरको अभिनयले यो भिडियो निकै रोचक बनेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...