नरसंहारमा परिवार गुमाएकी आमाले देशकै नमूना आधुनिक गाउँ यसरी बनाईन्  

wwwjerungfilmswwwjerungfilms 20 Aug 2018

जेरुङ फिल्मस सम्वाददाता,  ४ भाद्र काठमाडौँ । रुवान्डामा १९९४ मा भएको आम नरसंहारमा मैरी गोरेट्टी एमुरेरेका श्रीमान् र तीन छोरीहरुको हत्या भयो । त्यस नरसंहारमा करिब आठ लाख मानिस मारिएका थिए । परिवार गुमाएर शोकमा डुबेकी मैरीले बाँच्न भने कहिल्यै हिम्मत हारिनन् र त्यही दुःखमा डुबेर उनीभित्र एउटा ठूलो सोच विकास भयो ।

त्यस गाउँमा ३० परिवार र ५२० जना अनाथ बालबालिकाहरु छन् । यस गाउँमा आधुनिक र गुणस्तरीय जीवनका लागि आवश्यक सबै पूर्वाधारहरु छन् । हरियो गाउँमा स्कूल, अस्पताल, कैफेटेरिया, गेस्ट हाउस जस्ता सबै सुविधाहरु छन् ।

मैरी गोरेट्टी एमुरेरेले रुवान्डाको राजधानी किगालीभन्दा ५० किमी टाढा अगाहोजो शालोम यूथ भिलेज एएसवाईवी नामको गाउँ स्थापना गरेकी छन् । यो गाउँ करिब १४४ एकडमा जमिनमा फैलिएको छ ।

मैरी आफ्नो परिवार गुमाएपछि बाँकी जीवन एउटा यस्तो आधुनिक गाउँ निर्माण गर्ने सोच लिइन् जसमा त्यस नरसंहारमा अनाथ भएका बालबालिकाहरुलाई राख्न सकियोस् । र, उनी त्यसमा सफल पनि भइन् ।

 त्यस गाउँमा यति धेरै शैक्षिक संस्थाहरु छन् जसकारण त्यसलाई रुवान्डाको शैक्षिक गन्तव्य भनिन्छ । मैरी बाहेक गाउँमा अन्य २७ जना महिलाहरु पनि बालबालिकाहरुको स्याहार गर्छन् । सबै बालबालिकाहरु उनीहरुलाई आमा भन्छन् । मैरी ती बालबालिकाहरुले आफुलाई आमा भनेर बोलाउँदा धेरै खुशी मिल्ने गरेको बताउँछिन् ।

रुवान्डाको उक्त गाउँ इजरायली युथ भिलेजको मोडलमा आधारित रहेर बनाइएको हो । इजरायलको गाउँ दोस्रो विश्वयुद्ध पछि अनाथ भएका बालबालिकाहरु लागि बनाइएको थियो ।

मैरीको आधुनिक गाउँमा बालबालिकाको दिनभरीको कामपछि राती एक घण्टासम्म उनीहरुलाई पारिवारिक समय दिइन्छ । त्यस एक घण्टाको बीचमा बालबालिकाहरुसँग उनीहरुको दिनभरीको गतिविधि र समस्याबारे जानकारी लिइन्छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...