रास्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन

wwwjerungfilmswwwjerungfilms 19 Aug 2018

जेरुङ फिल्मस सम्वाददाता, २ भाद्र, काठमाडौँ । संयुक्त रास्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० बर्षको उमेरमा निधन भएको छ । उनको स्विजरल्याण्डको एक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको के कारणले निधन भएको भन्ने बारेमा सार्वजनिक नगर्न परिवारले आग्रह गरेकोले चिकित्सकले त्यसलाई गोप्य राखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघबाट अवकास पाएलगत्तै उनलाई सिरियामा शान्तिका लागि बिशेष दूतका रुपमा पठाईएको थियो । विश्व शान्ति स्थापनामा उनको योगदानको कदर गर्दै सन् २००१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको

सन् १९३८ अप्रिल ८ मा घानामा जन्मिएका अन्नान संयुक्त रास्ट्रसंघका महासचिव जस्तो गरिमामय पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् । उनले सन् १९९७ जनवरी १ देखि सन् २००६ डिसेम्बर ३१ सम्म गरि राष्ट्रसंघको दुइ कार्यकाल सम्हालेका थिए ।

यसैबीच विश्व नेताहरुले उनको निधनप्रति गहिरो दुख ब्यक्त गर्दै विश्वले मानवीय सहायता र विश्व शान्तिका लागि जीवनभर लडिरहने एउटा आदरणीय व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...