गायीका शान्ता घर्ती मगरको दशै तिहार सँगै मनाउला गीतको म्यूजिक भिडियो बजारमा आउदै ।

wwwjerungfilmswwwjerungfilms 14 Aug 2018

जेरुङ फिल्मस संवाददाता,२९,भक्तपुर । गायीका शान्ता घर्ती मगरले दशैतिहार सँगै मनाउला बोलको म्यूजिक भिडियो बजारमा ल्याउने भएकी छिन् । सुरेश सि.एन घायलको शब्द संगीत तथा टंक कुमाकीको एरेञ्ज रहेको दशंैतिहार सँगै मनाउला बोलको गीतमा शान्ता घर्ती मगरले स्वर लहरी भरिकी छिन् ।

नेपाली मौलिक कला सँस्कृति झल्काउने दशै तिहार सँगै मनाउला बोल्को म्यूजिक भिडियो बजारमा ल्याउन लागेकी हुन । साहारा फिल्मस एण्ड ईन्टरटेन्टमेन्टको प्रस्तुतिमा जून गीतको म्यूजिक भिडियो आईताबार भक्तपुर स्थित तर्खगालमा छाँयाङ्कन गरिएको छ ।

लामो समयदेखि गीत संगीत क्षेत्रमा अनुभव बटुल्न सफल कलाकार तथा निदेर्शक शिवम पोख्रेलको निर्देशनमा रहेको यो गीतमा चर्चित कलाकारहरु कल्याण राई, गोविन्द न्योपाने, आशिर प्रताप जङ्ग, शान्ता घर्ती मगर ,रेखा गोटामे लगायतले रोचक अभिनय गरेका छन् ।

नेपाली कला सँस्कृति तथा विशेष गरि दशै तिहार पर्वलाईं समेटीएको यो सुमधुर गीतको भिडियोलाई अजय रेग्मीले छँयाकन गरेका छन् । गीत निकै मार्मिक र मर्मस्पर्शी भएको तथा गाँउ बस्ती एवम् प्रकृतिसँग केही मेल खाएकोले कथा वस्तु अनुसार यो सुन्दर प्रकृतिको काख तर्खगालमा छाँयाकन गरिएको निर्देशक शिवम पोख्रेलले बताउनु भयो ।

मौसमले साथ नदिए पनि गीतको मर्म अनि कथा वस्तु अनुसार उपयुक्त वातावरण मिलेकोले यो भिडियो जहाँसम्म राम्रो हुने समेत उहाँले बताउनु भयो । डोको ,नामलो , हशिया अनि नेपाली सँस्कृतिमा आधारित पहिरणमा सजिएर यो सुटिङ गर्दै गर्दा गाँउ घरको झल्को आएको गायीका शान्ता घर्ति मगरले बताउनु भयो ।

यो गीतमा नेपाली कला सँस्कृति र मौलिकता तथा यसले वास्वविक सन्देश समेत उजाघर गरेकोले आम दर्शकको मन छुन सक्ने गायीकाको भनाई थियो । सँस्कृति मुलक गीतमा अभिनय गर्न पाउदा गाँउघरको सम्झना आएको मोडल रेखा गोटामेले बताउनु भयो ।

साथै यो गीतमा श्रीमती र छोराछोरी छोडेर विदेशमा पसिना बगाउन गएका श्रीमान दशैतिहार जस्तो महान पर्वमा पनि फर्कन नसेको पिडा र यथार्थता समेतिएको छ । महान चाडपर्वको बेला पनि विदेशमा पसिना बगाई रहेका श्रीमानलाई समझेर एकलै छटपतिनु परेको सम्झना गर्दै सँगै दशै तिहार मनाउन श्रीमानलाई स्वदेश फर्कन यो गीतमा आग्रह गरिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...