१० किलो अवैध लागू औषध चरेससहित ६ जना पक्राउ

wwwjerungfilmswwwjerungfilms 13 Aug 2018

 

जेरुङ फिल्मस संवाददाता,२८,साउन–ठमेल । प्रहरीले १० किलो अवैध लागू औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।आइतबार साँझ महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरीले टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको ज्याठाबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १० किलो चरेस समेत बरामत गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।पक्राउ पर्नेमा बाग्लुङ ताराखोला गाउँपालिका ४ का रोजन छत्याल, बाग्लुङ नगरपालिका ८ का विशाल मगर, काभ्रे भकुण्डेवेसीका राम मगर,कास्की रुपा गाउँपालिका ७ का संजय सुवेदी, बाग्लुङ नगरपालिका ८ सुजन मगर र रोल्पा दुईखोली गाउँपालिका ३ का शेरबहादुर पुनमगर रहेका छन्।

पहिले देखि नै उनीहरूले ठमेल क्षेत्रमा अवैध लागूऔषध चरेसको कारोबार गर्दै आएको सुचनाको आधारमा प्रहरीले त्यसक्षेत्रमा निगरानी थालेको थियो । त्यसैको आधारमा अपराधीहरुलाई पक्राउन गर्न प्रहरी सफल भएको हो ।पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...