सत्तारूढ दलकै सांसदद्वारा प्रधानमन्त्री समक्ष अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग

wwwjerungfilmswwwjerungfilms 10 Aug 2018

 

जेरुङ फिल्मस संवाददाता,२५,साउन—काठमाण्डौं । सत्तारुढ ९नेकपा० का सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामाको माग गरेका छन् । सरकारलाई असहयोग पुर्याउने काम गरेको आरोपमा

प्रधानमन्त्री केपी ओली समक्ष मन्त्रि कखतिवडालाई हटाउन माग गरेका हुन् । शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए। ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए।

सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको स्मरण गराउँदै सकिन्छ भने बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए। उनले गरिब समूदायको चाहनालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीसँग आफूले आग्रह गरेको बताए।

तर प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिबद्ध रहेकोले केही समय प्रितिक्षा गर्ने बताए। उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता बृद्धि
गर्न नसकिएको पनि स्पष्ट पारे ।

प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं,’ उनले भने,‘कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।’

प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहेक भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सरकारले धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दाबी गर्दै अब जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पार्टीका सांसदहरुलाई आश्वस्त पारेका थिए। प्रधानमन्त्री ओलीले जनताको गुनासो सुन्न पार्टीका सांसद र नेतारकार्यकर्ताहरुसँगको भेटलाई पनि निरन्तरता दिँदै आएका छन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...