सडकमा भिखारी बनेर बसेका व्यक्ति यसरी स्टार भए पछि ….

wwwjerungfilmswwwjerungfilms 10 Aug 2018

 

एजेन्सीबाट साभार,२५,साउन । ब्राजिलको सडकमा भिख मागेर गुजारा गर्ने एक व्यक्ति अचानक स्टार बने । राइमुंडो अरुडो नामका ती व्यक्ति ३५ वर्षदेखि सडक किनारमा बसेर भिख माग्थे । नजिकैको एक घरमा बस्ने महिला सधैं उनको अगाडिबाट हिँड्थिन् । एक दिन महिलाले ख्याल गरिन् कि ती भिखारी सधैं केही न केही रद्दी कागजमा लेखिरहेका हुन्थे । एक दिन महिलाले सोधिन् कि उनी दिनहुँ के लेख्छन् । त्यसपछि भने ती भिखारीको जिन्दगी नै बदलियो ।

शाला मोन्टिएरो नामकी ती महिलाले उनले के गर्छन् भनेर सोध्दा राइमुण्डो केही बोलेनन् बरु एउटा कागज दिए । महिलले जब त्यसलाई त्यसपछि बल्ल थाहा भयो त्यो निकै आकर्षक कविता थियो । शालाले बुझिन् कि यी व्यक्ति वर्षौंदेखि सडक किनारा बसेर कविता लेख्थे । शाला लगातार कैयौं दिनसम्म उनलाई भेटिरहिन् ।

हरेक पटक ती भिखारी शालालाई नयाँ कविता लेखेर दिन्थे । यसबाट प्रभावित भएर शालाले एक कविता फेसबुकमा शेयर गरिन् । त्यो कविता निकै भाइरल भयो । मानिसहरुले पत्याउनै सकेनन् कि एक भिखारी यति राम्रो कविता लेख्न सक्छन् । शालाले कविता लेखिएको कागजको फोटो खिचेर त्यो पनि शेयर गरिन् ।

शालाले राइमुण्डोको नामबाट एउटा फेसबुक पेज बनाएर जो कविता शेयर गरेकी थिइन् तिनीहरु एकदमै लोकप्रिय भए । हेर्दाहेर्दै राइमुण्डोका फ्यान बढ्न थाले । अहिले राइमुण्डोको फेसबुकमा फलोअरको संख्या २ लाख पुग्न लागेको छ । राइमुण्डो चर्चित भएपछि मानिसहरु उनलाई भेट्न जान थाले ।

उनको फेसबुक पेज बनाउने महिलाले उनलाई नुहाइदिइन्, कपाल, दाह्री काटिदिइन् । उनको नयाँ रुप देखेर उनलाई चिन्न मुस्किल थियो तर नयाँ लुकको फोटो फेसबुकमा देखेर उनका भाइले उनलाई चिने । त्यसपछि थाहा भयो कि राइमुण्डो एक व्यापारी थिए जो सैनिक तानाशाही शासनका बेला परिवारबाट बिछोडिएका थिए । त्यसपछि पैसाको अभावमा उनको यो हाल भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...