आदीबासी जनजातीहरुको २४ औ औअन्तराष्ट्रीय दिवस मा, प्रमुख अतिथि प्रधान मन्त्रि केपी वलीले धोका भएपछि खेदप्रकट

wwwjerungfilmswwwjerungfilms 10 Aug 2018

जेरुङ फिल्मस संवाददाता,२४,काठमाण्डौँ । आदीबासी जनजाती महासंघले बुधबार विश्वभरि आदीबासी जनजाती दिवस मनाएको छ । “अधिकार प्रतिनिधित्व र स्वयत्तता,स्वशासनका लागी आदीबासी जनजातीको अडान मानब पहिचान सहितको संघीयताका लागी संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ भब्य रुपमा यो दिवस मनाएको हो ।

२४ औ अन्तराष्ट्रीय जनजाति दिवसको अवरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बोलाइएको बर्तमान प्रधानमन्त्रि केपी शर्मा वली अनुपस्थित भए पछि सम्पूर्ण आयोजक टिम उनी माथी रुष्ट भएका छन् । जनजातिहरुको माग र मुद्धालाई पटक पटक धोका दिए पछि अनुहार देखाउन लाजले कार्यक्रममा नआएको आरोप समेत लगाएका छन् ।

चन्द्रगीरिमा आठ–आठ घण्टा विताएर कविता लेख्ने समय हुने तर आदीबासी जनजातीहरुको २४ औ विश्व स्थापना दिवस जस्तो महत्वपूर्ण कार्यक्रममा एक घण्टाको समय पनि दिन नसक्नु लज्जासपद र विडम्बना भएको गुरुङ समुदायका अध्यक्ष रेशम गुरुङले बताउनु भयो । साथै आदाबासी जनजातीहरुको हक अधिकारलाई कम्निष्टहरुले लादन खोजेको समेत उहाँले आरोप लगाउनु भयो ।

राज्यका सबै महत्पूर्ण ओद्धामा एउटै अनुहार भएका राष्ट्रपति, प्रधान मन्त्रि, सभामुख, प्रहरी अधिकृत,सेनापति, कानुनविद जब सम्म रहन्छ तब सम्म कुनै पनि अधिकार प्राप्त नहुने समेत गुरुङले बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता राम चन्द्र पौडयालले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप लगाउनु भयो ।

मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको समेत वरिष्ठ नेता पौडेलको आरोप थियो । काँग्रेस नेता पौडेलले आफ्नो पार्टी थोरै बोल्ने तर राम्रो काम गर्ने, कम्निष्टहरुको जस्तो हचुवा भाषण गरेर आश्वसन मात्र दिने पार्टी नभएको बताउनु भयो ।

आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकताबद्ध भएर अघि बढन आह्वान गरे ।

आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नुपरेको उनको तर्क थियो । कार्यक्रममा देशभरका आदीबासीहरुको बाक्लो जनसागर थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...