प्रदेश नं १ को नाम किराँत प्रदेश नै राख्नु पर्छ भन्नेमा प्रचण्डको जोड, भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 8 Aug 2018

जेरुङ फिल्मस सम्वाददाता, २३,साउन–ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नाम ‘किराँत प्रदेश’ नै राख्नु पर्नेमा जोड दिएका छन् । किराँत राई यायोक्खाको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा किराँत शब्द इतिहास, सभ्यता, संस्कृति

र जीवन प्रणालीसँग जोडिएको उल्लेख गर्दै प्रदेश नम्बर एकको नाम ‘किराँत प्रदेश’राख्नु पर्ने बताएका छन् । इतिहासको हरेक पानामा किराँतको नाम जोडिएकोले किराँत बिना कुनै राज्यको सम्भव नै नहुने उहाँले बताउनु भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि किराँत प्रदेश नामकरणबारे आफूले सल्लाह गरेको र त्यो विषयमा करिब दुवैको विचार मिलेको खुलासा गरे । ‘अहिले १ नम्बर प्रदेशको नाम किराँत नै रहनु पर्दछ भन्ने कुरामा गम्भीर रूपले पाटीसँग र सरकारसँग पनि छलफल गरिरहेका छौँ उहाँले भन्नु भयो । किराँतको कुरा गर्दा यदि हामीले जातीवादको कुरा ल्यायौ भने त्यो भन्दा ठुलो भुल अरू हुनै सक्दैन,भन्ने धारणा पनि उहाँको थियो । किराँतलाई एउटा इतिहास, सभ्यता र

 

हाम्रो जीवनप्रणालीको रूपमा हामीले स्वीकार गर्यो भने त्यसले देशभरि राम्रो सन्देश लैजाने पनि उहाँले बताउनु भयो । यस विषयमा प्रधानमन्त्रीजी र आफ्नो सोच मिलेको महसुश गरेको पनि बताउनु भयो ।

यदि कसैले जातिबादको नाम लिएर प्रदेश नं १ को नाम किराँत राख्न नमाने त्यो भन्दा मूर्ख मानिस कोही पनि हुन नसक्ने जिकिर समेत समेत उहाँको थियो । उनले किराँतलाई बाइसे(चौबिसे राज्यहरूको अन्त्य गरेर केन्द्रीकृत राज्य बनाउने अभियन्ता पृथ्वीनारायण शाहले समेत माइनस गर्न नसकेको इतिहास कोट्याए ।  वल्लो किराँत, माझ किराँत र पल्लो किराँत भन्नै परेको थियो भने हामी कम्युनिष्टहरुले त झन भुल्नै नहुने बताउनु भयो । इतिहास र सभ्यतालाई आधार बनाएर भविष्यको गोरेटो कोर्ने हुनाले यो सभ्यतालाई कम्युनिष्टहरुले कुनै पनि हालतमा सिरोधार्य गर्नु पर्ने उहाँको भनाई थियो । यो खाली किराँतीको सभ्यताको कुरा मात्र नभएर सिङ्गो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकोले पनि यसको विशिष्ट अर्थ र महत्त्व रहेको उहाँले बताउनु भयो । कथंकदाचित् यदि कसैले किराँतको अपव्याख्या, अपमान गरे म

तपाईँहरूको साथमा रहेर लडिरहनेछु भन्नु भयो । प्रचण्डले प्रदेश नम्बर एकको नाम यदि कथंकदाचित् किराँत प्रदेश नरहे सम्म आफू चाहिँ यसकाल लागी सधैं लडिरहने बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...