मेची महाकाली फेमेली रोधी घर समाज सेवामा अग्रसर हुँदै, बृद्धा आश्रमलाई सहयोग रकम प्रदान

wwwjerungfilmswwwjerungfilms 5 Aug 2018

जेरुङ फिल्मस् संवाददाता,२०,साउन काठमाण्डौं । मेची महाकाली फेमेली रोधी घर आफ्नो स्थापनाकालदेखि नै समाज सेवामा अग्रसर हुँदै आएको छ । आफ्नो स्थापनाकालको पहिलो वर्ष यो रोधी घरले वालआश्रमलाई सहयोग गरेका थिए । आफ्नो प्रथम वार्षिक उत्सबको अवसरमा यो वर्ष भने वरिष्ठ नागरिक समाज वृद्धा आश्रमलाई शनिबार सहयोग रकम १५,००५ रुपैया हस्तान्तरण गरेको छ ।

विगत एक वर्षदेखि सञ्चालनमा आएको यो फेमेली रोधी घरले आफ्नो प्रथम वार्षिक उत्सबको बिक्रिबाट उठेको जम्मा रकमको १० प्रतिशत यो वृद्धा आश्रमलाई दिने घोषणा गरेका थिए । यो रोधी घरले दुई दिन मनाएको आफ्नो वार्षिक उत्सवबाट जम्मा १,३०,००० रकम उठाएका थिए । १० प्रतिशत अर्थात रु १३,००० दिने भनिएकोमा सञ्चालिका सुनिता लामा ठकुरीले तत्काल २००५ रुपैयाँ थप्ने निर्णय गरि रु १५,००५ वृद्धा आश्रमलाई हस्तान्रण गरिएको हो ।

सो रकम मेची महाकाली फेमेली रोधी घरका सञ्चालिका सुनिता लामा ठुकुरीे तथा म्यानेजर भीम राईले वरिष्ठ नागरिक समाजका अध्यक्ष कृृृष्ण कुमार ढकाललाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण पछि वृद्धा आश्रमका अध्यक्ष ढकालले मेची महाकाली फेमेली रोधीघर साच्चीकै एउटा नमुनाको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाले यो रोधी घर मनोञ्जनको संवाहक मात्र नभएर सबैको दुःख पिडामा मलम लगाउने एक उदाहरणीय चौतारी बनेकोमा प्रशंसा गर्नु भयो । साथै यसरी समाज सेवामुखी कार्य गरेर आज वृद्घ–वृद्घहरुका लागी अतुलनीय सहयोग रकम हस्तान्रण गर्नु भएकोमा धन्यबाद समेत ज्ञापन गर्नु भयो । साथै विगत वर्षदेखि यो रोधी घरले यस वृद्धा आश्रमलाई सहयोग गर्र्दै आएको समेत उहाले बताउनु भयो ।

धेर थोर संस्थाले सकेको सहयोग आज यो वृद्धा आश्रमलाई गर्न पाउदा सम्पूर्ण रोधी घर परिवार हर्षित भएको म्यानेजर भीम राई बताउनु भयो । आम दर्शक तथा ग्राहकहरुको माया पाएर यस संस्थाले अझै उन्नति गरेको खण्डमा फेरि पनि आगामी वर्ष यसरी नै यो वृद्धा आश्रमलाई सहयोग गर्ने अठोट समेत राईले गर्नु भयो ।

यो रोधी घरको प्रथम वार्षिक उत्सबको अवसरमा वरिष्ठ नागरिक वृद्घा आश्रममा रहेका सम्पूर्ण वृद्ध–वृद्घाहरुलाई स–सम्मान सहित सहयोग रकम तथा केही खानेकुरा समेत वितरण गरिएको बताउनु भयो । फलफूल ,जुस, तथा नगद वितरण गर्न रोधी घरको तर्फबाट सञ्चालिका सुनिता लामा ठकुरी, म्यानेजर भीम राई, ग्रुप लिडर चक्र अविरल, लगायतका कलाकार टोलीहरु पुगेका थिए ।

कार्यक्रमलाई उद्घोषण गर्दै चक्र अविरलले यस वर्ष केही सुरुआत मात्र गरिएको र आगामी दिनहरुमा रोधी घरले पनि केही प्रगती गर्यो भने १० प्रशित दिने भनेको ठाउँमा ५० प्रतिशत पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...