आफ्नो स्थापनाकाल दिवसको मनमोहन कलेजद्वारा रक्तदान

wwwjerungfilmswwwjerungfilms 2 Aug 2018

राजकुमार राई,१७,श्र्रावण–काठमाण्डौं । मनमोहन मेमोरियल कलेजले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो स्थापनाकाल दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भु.पु विद्यार्थी तथा हाल अध्ययनरत सबै तहका विद्यर्थीहरु समेत सहभागी रहेका थिए ।

मनमोहन कलेजले आफ्नो स्थापनाकालदेखि आजको मितिसम्म आईपुग्दा सफल्तापूर्वक १९ वर्ष पूरा गरि सकेको छ । सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आफ्नो शैक्षिक पोल्टा भित्र अध्ययनरत विद्यार्थीहरु प्रति यस संस्थाका शिक्षकहरुले स्रद्घा भाव एवम् अविष्मरणीय मायाका कोशेलीहरु भाडने गर्छन् । यसैको परिवेशमा आज विहानै यस कलेजमा अध्ययनरत विद्यर्थी तथा शिक्षक बीच लद्घु भाँडेर आपसमा खुशीयाली समेत साटासाट गरेका थिए । कार्यक्रम संयोजक तथा शिक्षक द्रोण अधिकारीले कार्यक्रमलाई सञ्चालन गरि औपचारिक रुपमा अगाडी बढाएका थिए । विगत लामो समयदेखि अनुभवी शिक्षक शिक्षिकाहरुबाट उत्कृष्ट शिक्षण विधि अपनाउदै आएको यसकलेजले अब समाज सेवासँग सम्बन्धीत कार्य पनि गर्न लागेको उहाँले बताउनु भयो । त्यसकारण आफ्नो स्थापनाकाल दिवसको असरमा रक्तदान कार्यक्रम गर्न लागेको समेत अधिकारीले बताउनु भयो । सफल्तापूर्वक १९ बर्ष पार गर्दै अहिलेको अवस्था सम्म आई पुग्दा यस कलेजले करिब २० हजार विद्यार्थीलाई उत्कृष्ट शिक्षा हाशिल गराई सकेका छन् । यसरी यस क्याम्पसले करिब ६७ जिल्लाका विद्यार्थीलाई यो शैक्षिक पोल्टा भित्र अटाउन सफल भएकोमा संस्थापक डा बाबु राम अधिकारीले खुशी ब्यक्त गर्नु भयो । त्यसै गरि कलेको स्थापना दिवसको अवसरमा नयाँ तथा पुराना विद्यार्थीहरुको संयुक्त उपस्थिति सहित रक्तदान कार्यक्रम गर्न पाउदा असाद्घै खुशी महशुस भएको संस्थापक वाचस्पति देवकोटाले बताउनु भयो । विद्यार्थी तथा शिक्षक गरि जममा ४५ जनाले रक्तदान गरेको प्रिन्सिपल राम प्रसाद अर्यालले जानकारी दिनु भयो ।अतिरिक्त क्रियाकलाप तथा  विभिन्न गतिविधिसँगै अब यस किसिमको नयाँ समाज सेवामुखी कार्यमा समेत कलेजले सहभागीता जनाउने उहाँले बताउनु भयो । विभिन्न तहका सबै विद्यार्थीहरु रक्तदान गर्नका लागी निकै आत्तुर देखिए । रक्तदान गरेका सबैलाई कलेजले प्रमाण पत्र समेत वितरण गरेका थिए ।

 

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...