सन् २०२२ कतारमा हुने विश्वकपको सुरक्षा नेपालीले गर्ने !

wwwjerungfilmswwwjerungfilms 17 Jul 2018

जेरुङ फिल्मस संवादाता,  कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्यसका लागि छुट्टै सम्झौता गर्न समेत  कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका थिए ।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । भेटवार्तामा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए ।

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् ।  कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यसैबीच मंगलबारै नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिसले पनि गृहमन्त्री शिष्टाचार भेटवार्ता गरेका छन् ।  गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...