पुनम पाण्डेलाई अर्धनग्न नचाउन प्रहरीको रोक, डेजाभु क्लव सधैंका लागी बन्द गरिदिने चेतावनी
जेरुङ फिल्मस
संवादाता,३१,असार–काठमाडौं । प्रशासनको अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना प्रहरीले विफल बनाइदिएको छ ।
प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको यो हर्कतविरुद्ध दरवारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले एक्सन लिएका हुन् ।
क्लव डेजाभुले पूर्वस्वीकृति बिना भारतीय मोडल पुनम पाण्डेको अर्धनग्न नाच सहित विश्वकप फुटबल खेल देखाउने योजना बनाएका थिए । त्यो समाचार बाहिर मिडियामा आए पछि डिएसपी मल्लले क्लव डेजाभुविरुद्ध कारबाही अगाडी बढाएका हुन् । प्रहरीले एक्सन लिएपछि क्लव डेजाभुका मालिकहरू भागाभाग भएका छन् । सबै मालिकहरू लुकेर बसेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गर्न प्रहरीले तीव्र खोजी गरिरहेको बताईएको छ । बलिउड नायिका एवम् मोडल पुनम पाण्डे जबर्जस्ति क्लव डेजाभुमा प्रवेश गर्न खोजे उनलाई समेत नियन्त्रणमा लिने प्रहरीको उच्च स्रोतले जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको दाबी गरेका थिए । तर प्रहरी अधिकृत मल्लले केपी गैरे भन्ने व्यक्तिलाई आफूले नचिनेको र क्लव डेजाभुलाई आफूले कुनै पनि अनुमति नदिएको प्रतिक्रिया दिएका छन् ।
डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिएर पुनम पाण्डेलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । क्लव डेजाभु आइतबार बन्द नै रहनेछ ।
क्लव डेजाभुका गतिविधिमा सुधार नभए सदाका लागि बन्द गरिदिने डिएसपी मल्लले चेतावनी दिएका छन् । ‘कानून मिचेर कुनै पनि क्रियाकलाप गर्न पाइँदैन’, मल्लले भने, ‘शान्ति सुरक्षा बनाइ राख्ने दायित्व प्रहरीको हो । कानून पालना गराउने दायित्व पनि हाम्रो हो ।’
‘क्लव डेजाभुले कानून मिचेर गतिविधि गरेकाले बाध्य भएर कारबाही गर्नु परेको डिएसपी मल्लले बताए । अघिल्लो पटक पनि त्यति ठूलो विवाद भएको थियो । आइन्दा त्यस्ता घटना हुन नदिन पूर्व सर्तकता समेत गराएको थियो ।
डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हाल्ने बताएका छन् । क्लव डेजाभुमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न नदिने भएको छ ।
गत मंसिर २७ गते अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनेर क्लव डेजाभुले लाखौँको टिकट बिक्री गरेर अन्तिममा ठगी गरेको थियो ।
त्यसपछि आक्रोशित भएका दर्शकले क्लव डेजाभुमा तोडफोड गरेका थिए । त्यस बेला दरबारमार्ग प्रहरीमा डिएसपी तिलक भारती थिए । पछि डिएसपी भारतीलाई कारबाही स्वरुप सरुवा गरिएको थियो ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...